पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरीमाथि गोली चलाएको आरोपमा तारेख धाउन चितवन आएका पूवर् युवराज पारसलाई गएको बिहीबार हेटौंडामा रेड कार्पेटले स्वागत गरियो । रेडकार्पेटमा पारसलाई हिँडाउने काम राष्ट्रवाद संघ, मकवानपुरले गरेको थियो ।दिउँसो करिब साढे १२ बजे पारस आउने भन्दै तामझामसहित भव्य तयारी गरिए पनि उनलाई हेर्न लामबद्ध हुनेहरू साँझ ५ बजेसम्म कुर्न बाध्य भए । साँझ ५ बजेर केही मिनेट गएपछि करिब ५० वटा मोटरसाइकलसहितको प्रहरी स्कर्टिङमा दर्जनभन्दा बढी कार पछाडि लगाउँदै पारस हेटौंडा आइपुगे । बा. ५ च ८९७९ नम्बरको पहेलो ल्यान्डरोबर...
कार आफंैले हाँकेर आएका पारसलाई हेटौंडा, नवलपुरमा भव्य स्वागत गरिएको थियो ।
कार आफंैले हाँकेर आएका पारसलाई हेटौंडा, नवलपुरमा भव्य स्वागत गरिएको थियो ।
आयोजकहरूले करिब १ सय मिटर रातो कार्पेट ओछ्याएर पारसको स्वागतको प्रबन्ध गरेका थिए । स्टेजमा आयोजकले राखिदिएको भव्य कुर्सीमा पारस बसे र मुसुमुसु हाँस्दै आफ्ना समर्थकलाई अभिवादन फर्काए ।
खैरो टोपीले आफ्नो कालो लामो केश छोपेर आएका पारसले पुरानो देखिने पहेंलो गन्जीबाहिर खैरो ज्याकेट र पुरानोझैं लाग्ने नीलो पाइन्ट लगाएका थिए । उनले हिँड्न सजिलो हुने खालको खैरो जुत्ता लगाएका थिए ।
पारसलाई सबैभन्दा पहिले वृद्धवृद्धाले भेटे । पारससँगको भेटका क्रममा एक वृद्धले यस्तो टुक्का सुनाइन्-
हातखुट्टा ओइलाए घामले
बल्ला दर्शन दिनुभो रामले ।
वृद्ध महिलाले त्यसो भन्दा फ्रेन्चकट दाह्रीमा सजिएका पारस मुसुक्क हाँसे मात्र । आफूलाई फूल दिएर स्वागत गर्ने युवतीहरूलाई उनले 'थ्यांक यू भन्दै अंग्रेजीमा धन्यवाद दिए भने अधिकांश युवासँग हात मिलाए । आफूलाई भेट्न र हेर्न आएका मानिसहरूको भीड देखेर उनी आफ्ना छेवैका सहयोगीसँग कानेखुसी गर्दै 'कति धेरै मान्छे ? भन्दै मख्ख परे । उनले घाँटीमा चाँदीको मोटो सिक्री लगाएका थिए भने हातमा रुद्राक्ष र पत्थरजडित बाला लगाएका थिए । पारसले हातमा फिक्का पहंेलो रंगको घडी बाँधेका थिए । भेटका क्रममा पहेंलो वस्त्र लगाएका एक जोगीले दिएको पत्थर उनले खुसुक्क खल्तीमा हाले । जोगीले केही फूलसहित पारसको हातमा उक्त वस्तु राखिदिएका थिए । पारसले पनि उक्त वस्तुलाई नहेरीकनै खल्तीमा राखे ।
समर्थकलाई भेट्ने क्रममा पारसले करिब ६ बजेतिर आयोजकले व्यवस्था गरेको खाना खाएका थिए । एक सहयोगीले उनको हातमा एक गिलास को काकोला थमाइदिएपछि उनले स्टलमा रहेका युवतीहरूतर्फ हेरी मुसुक्क हाँस्दै मुन्टो हल्लाएर 'थ्यांक यू' भने ।
्साँझ करिब सात बजेतिर पारस आफ्ना सहयोगीहरूसहित त्रिभुवन राजपथको बाटो हुँदै काठमाडौंतर्फ लागे । उनले उपस्थित सञ्चारकर्मीहरूसँग केही बोल्न चाहेनन् । उनलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले संयुक्त रूपमा स्कर्टिङ गरेका थिए । स्रोत: साप्ताहिक