ड्राइभिङ सिटमा महिलालाई देख्दा अनौठो मान्नेहरू अझै पनि छन् समाजमा, तर गएको शनिबार भने भिन्न दृश्य देखियो राजधानीको सडकमा । तीनकुनेबाट लस्करै निस्किएका दर्जनौं कार महिलाले हाँकेका थिए । उक्त लस्कर राजधानीको विभिन्न स्थान हुँदै गोकर्ण फरेस्ट गल्फ रिसोर्टतर्फ बढेको थियो । प्रसंग हो, 'टोयोटा वुमन मोटर र्याली-२०११' को । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा टोयोटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले र्यालीको संयोग जुराएको थियो । 'नेतृत्वको सिटमा महिला' नारा दिइएको यो प्रतियोगितात्मक र्यालीमा वनिता एम अग्रवाल तथा अंकिता अग्रवालले बाजी मारे...
द्वितीय स्थान रेश्मा घले गुरुङ र आयुश गुरुङले हात पारे ।
द्वितीय स्थान रेश्मा घले गुरुङ र आयुश गुरुङले हात पारे ।
त्यसैगरी अलि प्रौढजस्ता देखिने कमला र रामप्रसाद गुरुङले तेस्रो स्थान ओगटे । दोस्रो र तेस्रोलाई क्रमशः २० र १५ हजार रुपैयाँ दिइएको थियो । 'यो मेरो पहिलो प्रयास हो,' राजधानीकै एक विद्यालयकी प्रिन्सिपल वनिता अग्रवालले भनिन्- 'एकदमै रमाइलो अनुभव भयो ।' महिलाहरूको क्षमता अभिवृद्धि गर्न सघाउ पुर्याउने सोचले प्रतियोगितामा भाग लिएको उनले बताइन् ।
प्रतियोगितामा माल्भिका सुब्बा, सुगरिका केसीजस्ता सेलिब्रेटीदेखि विभिन्न क्षेत्रका महिलाहरूले पनि सहभागिता जनाएका थिए । 'महिलाले अटो मोबाइल क्षेत्रमा मात्र होइन, सबै चुनौती र दैनिक जिम्मेवारी वहन गर्ने काममा नेतृत्व गर्नुपर्छ' भन्ने संदेश दिन र्यालीको आयोजना गरिएको आयोजकहरूले बताए ।
स्रोत: साप्ताहिक