दस्तावेजमा स्वीकार, व्यवहारमा इन्कार

९ वैशाखबाट सुरु भएको एकीकृत नेकपा माओवादी केन्द्रीय समिति बैठकमा एक सदस्यले 'नयाँ नेपाल'मा मन्त्रालयका नाम पनि नयाँ नै राख्नुपर्ने प्रस्ताव गरे। "यार्सागुम्बु तथा रक्तचन्दन मन्त्रालय, ठेक्कापट्टा मन्त्रालय, भन्सार तथा मालामाल मन्त्रालय, गुटबन्दी, गोदागोद तथा भण्डाफोर मन्त्रालय, मनोरञ्जन तथा शुभलाभ मन्त्रालय र चाकरी-चाप्लुसी तथा कमिसनतन्त्र मन्त्रालय राख्नु उपयुक्त होला," केन्द्रीय सदस्य खगराज भट्ट भन्दै थिए। पार्टीभित्र हुर्कंदै गएको कमाउधन्दा, विकृति-विसंगति र व्यक्तिगत स्वार्थप्रति भट्टले यस्तो आक्रोश ओकलेका हुन्। यसपटकको मात्र होइन, सबैजसो केन्द्रीय समिति बैठकमा पुँजीवादीहरूसँग...

 घुलमिल गरेर रमाउने र सहिद तथा बेपत्ता पारएिका कार्यकर्ताहरूको नाम भजाएर खाने काममा नेतृत्व अर्थात् उच्च नेताहरू लीन भइरहेका जस्ता गम्भीर आरोपहरू लगाउन थालिएको छ। "घाइतेहरूको अवस्था झन्झन् दर्दनाक छ। सहिद, बेपत्ता परविार र घाइते कार्यकर्ताको अवस्था कस्तो छ भन्नेमा नेतृत्व पूरै बेखबर छ र वास्तै गर्न छोडेको छ।" १३ वैशाखको बैठकमा अर्की केन्द्रीय सदस्य जयपुरी घर्तीले दु:खेसो पोखिन्। बुझ्न कठिन छैन, भट्ट र घर्तीका अभिव्यक्ति पार्टीमा बढ्दै गएको 'गैरसर्वहारा अर्थात् गरबिमारा प्रवृत्ति'विरुद्ध लक्षित थिए। 

केन्द्रीय समितिमा यस्ता अभिव्यक्ति त्यतिबेला प्रकट भएका छन्, जतिबेला पार्टीमा शुद्धीकरणको मुद्दा थन्किएको छ । आ-आफ्ना दस्तावेज, गोप्य भेला, बैठक तथा प्रशिक्षणहरूमा तीनै समूहका नेता-कार्यकर्ता पार्टीमा विकृति र विसंगति बढ्दै गएको स्वीकार गर्छन् तर त्यो चिन्तालाई सम्बोधन हुने गरी व्यवहार भने हुने गरेको छैन। पोलिटब्युरो सदस्य देवेन्द्र पौडेल 'सुनील'का भनाइमा लामो समयदेखि पार्टीको महाधिवेशन हुन नसकेकाले विकृति झाँगिन पुगेको हो। भन्छन्, "महाधिवशेन भए समस्या धेरै हदसम्म हल हुनेछ।"

७ वैशाखको पोलिटब्युरो बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा प्रस्तुत प्रतिवेदनमा पनि पार्टीभित्र हुर्कंदै गएको विकृति, विसंगति र गुटबन्दीबारे उल्लेख छ। उनले लेखेका छन्, '...पार्टीभित्र बढ्दै गएको गुटबन्दी, अराजकता, आशंका एवं कतिपय राज्य र मोर्चाहरूमा देखिएका शत्रुतापूर्ण र विभाजनकारी क्रियाकलापका कारण आज आमपंक्तिमा अन्योल, निराशा र चिन्ता थपिएको छ। त्यस प्रकारका क्रियाकलाप रोकी पार्टीलाई कार्ययोजना कार्यान्वयनमा केन्दि्रत गर्न पार्टी केन्द्रले लिएका निर्णय र पहल पर्याप्त र प्रभावकारी सावित भएका छैनन्।' 

९ वैशाखको केन्द्रीय समिति बैठकमा पेस गरएिको पाँच पृष्ठको फरक प्रतिवेदनमा पार्टीभित्रको विसंगतिबारे वरष्िठ उपाध्यक्ष मोहन वैद्य 'किरण'ले पनि लेख्न छुटाएका छैनन्। उनको प्रतिवेदनमा 'पालुङटारदेखि अहिलेसम्मको समग्र स्िथतिमाथि ध्यान दिँदा मूल नेतृत्वमा -क) वर्गीय रूपमा तल्लो वर्ग तथा आमजनसमुदायमा अविश्वास र उपल्लो वर्ग वा प्रतिक्रियावादीहरूप्रति विश्वास बढ्दै गई वर्गोत्थानको प्रवृत्ति प्रभावी बन्न थालेको, -ख) दार्शनिक रूपमा सारसंग्रहवाद हँुदै भँडुवा विकासवादतर्फ जान खोजेको र 

-ग) राजनीतिक रूपमा मध्यमार्गी कमजोरीबाट सुधारवाद एवं राष्ट्रिय आत्मसमर्पणवादतर्फको उन्मुखता बढ्दै गएको देखिन्छ' उल्लेख छ।

प्रचण्ड र वैद्यका यी दुई फरक-फरक दस्तावेजको भाषाशैली र आशय दोष थुपाराथुपारबाहेक केही देखिन्न। "बैठक अवधिभर शुद्धीकरणको चर्को कुरा उठ्ने तर हलबाट निस्िकएलगत्तै अशुद्धीकरण भइहाल्ने रोग हाम्रो पार्टीमा पहिलेदेखि नै थियो," प्रचण्ड खेमामा रहेका एक पोलिटब्युरो सदस्यको भनाइ छ, "अहिले त्यसको मात्रा झन् बढेर गएको छ। जसले गर्दा अबका दिनमा शुद्धीकरण नारामा मात्र सीमित होला भन्ने खतरा बढ्दो छ।" पार्टीभित्र बारम्बार शुद्धीकरण 'एजेन्डा'ले प्राथमिकता पाउने गरेको भए पनि क-कसमा त्यस्तो प्रवृत्ति मौलाउँदै गएको हो भन्नेबारे नेताहरू मौन रहँदै आएका छन्।


Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks
Namastesansarnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute