१ चैत अपराह्न ४ बजेतिर घोराही नगरपालिका-६, रझेनामा पाँच/छ जना युवकहरूद्वारा तुलसीपुरकी एक युवतीलाई सामूहिक बलात्कार गरएिको खबर आयो। प्रत्यक्षदर्शीका अनुसार, युवतीलाई सडकछेउमै बलात्कार गरएिको थियो। केही स्थानीबासीले देखेपछि युवकहरू भागेका थिए भने केटी निर्वस्त्र भेटिएकी थिइन्।सदरमुकामबाट एक किलोमिटरको दूरीमा दिउँसै भएको यस्तो घटनाले जिल्लाबासीलाई चिन्तित बनाएको छ। जिल्लामा बलात्कारका घटनाको लामो शृंखला छ। महिनैपिच्छे बलात्कारका घटना भइरहेका छन्। एक वर्षको अवधिमा भएका बलात्कारका नौ घटनामध्ये सातवटा सामूहिक बलात्कारका छन्। एक बलात्कृत युवतीको...
मृत्युसमेत भएको छ। कतिपय युवतीहरूको मानसिक सन्तुलन गुमेको छ। बलात्कारीमाथि कडा कारबाही गर्न नसक्दा घटना बढिरहेको पीडितहरूको गुनासो छ। बाटोघाटोका साथै घरमा काम गर्न राखिएका बालिकाहरूमाथि पनि बलात्कार हुने गरेका छन्।
मृत्युसमेत भएको छ। कतिपय युवतीहरूको मानसिक सन्तुलन गुमेको छ। बलात्कारीमाथि कडा कारबाही गर्न नसक्दा घटना बढिरहेको पीडितहरूको गुनासो छ। बाटोघाटोका साथै घरमा काम गर्न राखिएका बालिकाहरूमाथि पनि बलात्कार हुने गरेका छन्।
१० देखि २५ वर्षका युवतीका साथै अधवैँशे महिलाहरूसमेत बलात्कारको सिकार भएका छन्। प्रहरीले भने युवतीहरूको लापरबाहीका कारण अधिकांश घटना हुने गरेको बताएको छ। "सहमतिमा यौन सम्पर्क गर्ने र पछि युवकहरू थपिएपछि बलात्कार भन्ने गरेको भेटिएको छ। कतिपय यौन व्यवसायी महिलाहरूले धेरै ग्राहक थपिएपछि घटनालाई बलात्कारमा बदल्ने गरेको देखिन्छ," जिल्ला प्रहरीका प्रमुख तथा नायव प्रहरी उपरीक्षक लक्ष्मण गिरी भन्छन्, "रझेनामा भएको घटनामा पनि त्यस्तै भएको छ। तुलसीपुरबाट ती युवती एक जना केटाका साथ घोराही आएकी हुन्, धेरै केटा थपिएपछि विवाद भएको देखिएको छ।"
जिल्लामा महिनैपिच्छे विभिन्न प्रकारका बलात्कार हुने गरेका छन्। त्यसमध्ये एकल बलात्कार जबरजस्ती र योजनाबद्ध भए पनि सामूहिक बलात्कार महिलाकै कमजोरीले भइरहेको प्रहरीको दाबी छ। गढवा प्रगतिनगरकी २५ वषर्ीया कल्पना खनालको गत ३० जेठमा सामूहिक बलात्कारबाट मृत्यु भयो। बलात्कारपछि मानसिक सन्तुलन गुमाएकी खनालको उपचारका क्रममा साढे दुई महिनापछि मृत्यु भएको हो। उनीमाथि बिजौरीमा आठ युवाले बलात्कार गरेका थिए।
प्रहरीले घटनालाई गम्भीर रूपमा नलिँदा र दोषीमाथि कारबाही गर्न नसक्दा बलात्कार बढेको पीडितहरूको गुनासो छ। "प्रहरीले बलात्कारलाई सामान्य रूपमा लिने गरेको छ। सबै घटनामा महिलाको कमजोरी देखाउने गरएिको छ। प्रहरी नै बलात्कारमा लागेपछि अरूको के कुरा गर्नू ?" सामूहिक बलात्कारकी सिकार एक महिलाका पति भन्छन्, "दोषीलाई कारबाही नगर्दासम्म अपराधीको मनोबल बढिरहन्छ।"
बलात्कारका घटनाहरूमा वैज्ञानिक प्रमाण नहुने भएकाले पनि अपराधीहरू कारबाहीको भागिदार हुन कठिन हुने प्रहरीको भनाइ छ। बिजौरी र जौबारीका दोषीहरू जेल परसिकेको डीएसपी गिरीको भनाइ छ। अधिकांश दोषीहरूलाई कारबाही गरे पनि प्रमाण नपुगेकाहरू मात्रै कारबाहीमा पर्न नसकेको उनको दाबी छ।