प्रहरीको बहुचर्चित सुडान घोटालामा अर्को खुलासा भएको छ

नेपाल प्रहरीको सुडान शान्ति मिसनका लागि गएको टोलीका लागि ४४ करोडका सामान किन्दा २९ करोड भ्रष्टचार भएको नेपाल प्रहरीका ३४ अधिकारीमाथि मुद्दा दायर भएलगत्तै अर्को खुलासा भएको छ, किन्दै नकिनेका गाडीको पनि नक्कली बिल बनाएर तत्कालीन आइजिपी ओमविक्रम राणाबाट भ्रष्टाचार भएको थियो’प्रहरीको बहुचर्चित सुडान घोटालामा अर्को खुलासा भएको छ । आइजिपी ओमविक्रम राणाको तत्कालीन नेतृत्वले भारतीय सहयोगमा आएको गाडी सुडान पठाएर खरिद गरेको नक्कली बिल बनाई भ्रष्टाचार भएको दाबी प्रहरी अधिकारीकै छ । भारत सरकारले सहयोग दिएका करिब एक दर्जन भ्यानमा रंगरोगन गरी डार्फर.. 


पठाइएको थियो । योबाहेक पनि सुडान घोटालामा झन्डै २९ करोड भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार तीन पूर्वएआइजीसहित ३४ जना प्रहरी अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । 

संविधानसभाको निर्वाचनभन्दा ठीकअगाडि भारत सरकारले नेपाल प्रहरीलाई अनुदानस्वरूप सहयोग भ्यानहरू दिएको थियो । दुईचोटि गरेर भारत सरकारले नेपाल प्रहरीलाई करिब आठ सय भ्यान सहयोग गरेको थियो । हाल उपत्यकामा सिआरभी (कन्ट्रोल रुम भेइकल) भ्यानका रूपमा प्रहरीले प्रयोग गरेका टाटा मोबाइल गाडी त्यहीवेला भारतीय सरकारको सहयोगमा आएका हुन् । लगभग देशभर प्रहरीले ती भ्यान प्रयोग गर्दै आएको छ । 

तीनै भ्यानमध्ये करिब एक दर्जन भ्यान तीन वर्षअघि तत्कालीन प्रहरी महानिरीक्षक राणाले डार्फरमा पठाएको प्रहरी उच्च स्रोतको दाबी छ । एपिसीको ठेक्का लिएको बेलायतको एस्युर्ड रिस्क कम्पनीबाट खरिद गरिएको कागजात र बिल मिलाएर ती गाडीमा भ्रष्टाचार भएको थियो । 

डार्फर मिसनबाट फर्किएका एक प्रहरी अधिकारीका अनुसार त्यसरी डार्फर पठाएका सबै भ्यान अहिले जीर्ण अवस्थामा पुगिसकेका छन् । सामान बोक्न प्रयोग हुने टाटा कम्पनीका ती गाडी प्रहरीको अन्तर्राष्ट्रिय मिसनका लागि निकै कमसल भएको प्रहरी अधिकारीहरू बताउँछन् । 

ती भ्यानको कति मूल्य राखेर भ्रष्टाचार भएको भन्न चाहिँ खुलेको छैन । 'अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले समेत उक्त कुरा पत्ता लगाउन सकेन,' एक उच्च प्रहरी अधिकारीको भनाइ छ । अख्तियारको अनुसन्धानमा कमसल गाडीहरू खरिद गरिएको उल्लेख छ । तर, प्रहरीकै गाडीलाई नेपालमा नै सेतो रंग लगाई नयाँजस्तो बनाएर ती भ्यान डार्फर पठाइएको थियो । त्यतिखेर कीर्तिपुर प्रभागअन्तर्गतको एउटा भ्यान पनि डार्फर पठाइएको एक प्रहरी अधिकारीले बताए । 

ती गाडी डार्फर पठाइएकोबारे तत्कालीन आइजिपीनिकटका व्यक्तिहरूबाहेक अन्यलाई जानकारी छैन । निकै गोप्य तरिकाले ती गाडी डार्फर पठाइएको स्रोत बताउँछ । 

भारतीय सहयोगका गाडीहरू डार्फर पठाइएकोसम्बन्धी जानकारी आफूसँग नभएको प्रहरी प्रवक्ता डिआइजी नवराज ढकालले बताए । तर, प्रहरी प्रधान कार्यालयका एक वरिष्ठ अधिकारी भारतीय सहयोगका सबै गाडीको तथ्यांक खोज्नेवित्तिकै तथ्य प्रस्ट हुने बताउँछन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पूर्वआइजिपीहरू ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी, २३ जना बहालवाला प्रहरी अधिकारी, १० जना अवकाशप्राप्त र ठेकेदारहरू माइकल राइडर र शम्भु भारतीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । स्रोत: नयाँपत्रीका 


Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks
Namastesansarnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute