प्रधानमन्त्री छनोटका लागि भदौ ११ गते संसद चुनाव हुँदै

सहमतिको सरकारको टुंगो नलागेपछि व्यवस्थापिका संसदमा ११ भदौमा बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चुनाव हुने पक्का भएको छ । कार्यव्यवस्था परामर्श समितिको बिहीबार बिहान सिंहदरबारस्थित संसद सचिवालयमा बसेको बैठकले प्रधानमन्त्री चयनको कार्यतालिकामा सहमति जुटाएको हो । दलहरुबीच शुक्रबार अपराहृन पाँच बजेसम्म प्रधानमन्त्रीको उम्मेदवारी दर्ताको समय तोक्ने सहमति भएको बैठकपछि कांग्रेस मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । प्रधानमन्त्री छान्न ११ गते अपराहृन १ बजे पहिलो चरणको चुनाव गर्ने र १२ गतेको संसद बैठकमा संविधानसभाको म्याद थपका लागि... 


अन्तरिम संविधान दशौं संशोधन प्रस्ताव पेश गर्ने सहमति भएको घिमिरेले बताउनुभयो । 

१० गते शनिबार परेकाले ११ गते मात्र प्रधानमन्त्री चुनाव हुने भएको हो । दलहरुबीचको सो सहमतिलाई आजै बस्ने व्यवस्थापिका संसद् बैठकले अनुमोदन गर्ने नेताहरुले बताएका छन् ।
पहिलो चरणमा दुईजना मात्र उम्मेदवार भएको खण्डमा सोही दिन मुलुकले नयाँ प्रधानमन्त्री पाउने र सो भन्दा बढी उम्मेदवार भई कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसके दोस्रो चरणको निर्वाचन तिथि घोषणा हुनेछ । राष्ट्रिय सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले दुईपटक गरी दिएको १० दिनको समयसीमाभित्र सहमति जुटाउन दलहरु असफल भएपछि संसदमा विधिवत बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुन लागेको हो ।


Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks
Namastesansarnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute