चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको भ्रमणका क्रममा करिव पौने ३ अर्व रुपैयाँ बराबरको अनुदान सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल र चीनबीच विभिन्न ८ वटा सम्झौताहरुमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई देशका प्रधानमन्त्रीहरुबीच भएको औपचारिक भेटवार्तामा ती सम्झौताहरुमा हस्ताक्षर गरिएको हो । सहुलियतपूर्ण ऋण, पूर्वाधार विकास, सांस्कृतिक विकास, नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्माणका लागि सहयोग, स्वेच्छिक अवकाशमा जाने लडाकुलाई सहयोग, पोखरा विमानस्थलको विस्तार, लगायतका विषयमा सम्झौता भएको हो । स्रोतका अनुसार...
चीन सरकारले नेपाललाई दिँदै आएको वार्षिक सहयोग रकममा पाँच करोड युआन बढाउने भएको छ । यस अघि चनीले नेपाललाई वार्षिक १५ करोड युआन सहयोग दिंदै आएको थियो ।
चीन सरकारले नेपाललाई दिँदै आएको वार्षिक सहयोग रकममा पाँच करोड युआन बढाउने भएको छ । यस अघि चनीले नेपाललाई वार्षिक १५ करोड युआन सहयोग दिंदै आएको थियो ।
चीन र नेपालका प्रधानमन्त्रीबीच औपचारिक बैठक सुरु हुनुअघि गोप्य भेटवार्ता भएको थियो । चिनियाँ प्रधानन्त्री वेन जियावाओ (वन् च्या पाउ) आफ्नो पाँच घण्टे भ्रमणको सिलसिलामा विहान ११ बजेर ५३ मिनेट जाँदा नेपाल आईपुग्नुभएको हो । चिनीया प्रधानमन्त्रीलाई स्वागत गर्न प्रधानमन्त्री डा.भट्टराई त्रिभुवन अन्तराष्र्टि«य विमानस्थल पुग्नुभएको थियो । यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले चिनिया प्रधानमन्त्रीको स्वागतमा प्रधानभन्त्री भट्टराई, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, सभामुख सुवास नेम्वाङ लगायत र परराष्ट्र मन्त्रालयका अधिकारीहरु विमानस्थल जाने निर्णय गरेको थियो । चिनीया प्रधानमन्त्री आएको मौकामा तिब्बती शरणार्थीहरुले प्रदर्शन गर्नसक्ने भएकाले राजधानीको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ । सिंहदरबार आसपासमा मात्रै तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । विमानस्थलदेखि तीनकुने, नयाँवानेश्वर, माइतिघर हुँदै सिंहदरवार सम्मको रुटमा नेपाली सेना, सशस्त्र प्रहरी लगायतको उपस्थितिमा छुट्टाछुट्टै ३ ओटा सुरक्षा घेरा बनाइएको छ ।
यसैबीच आजै दिउँसो ३ बजे चिनियाँ प्रधानमन्त्री जियावाओ राष्ट्रपति डाक्टर रामवरण यादवलाई भेट्न जानुहुनेछ । यस्तै जियावाओको सम्मानमा अहिले नेपालका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सिंहदरवारमा रहेको स्टेट हलमा दिवा भोजको आयोजना गर्नुभएको छ । दिवाभोजमा चिनियाँ प्रधानमन्त्री सहितको टोलि, नेपालका शीर्ष दलका ठूला नेताहरु, मन्त्रीहरु र संबैधानिक निकायका प्रमुखहरु सहभागी भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
यसअघि गएको पुस ५ मा चिनियाँ प्रधानमन्त्री वेन जियावाओको नेपाल भ्रमण हुने भनिएकोमा अन्तिम समयमा स्थगित भएको थियो । वेन जियावाओ दिउँसो ४ बजे कतार प्रस्थान गर्नुहुनेछ ।