नेपालले बिहारबाट धेरै कुरा सिक्नु पर्ने- बाबुराम भट्टराई को भनाइ

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालीको आँखामा भारतको विहार राज्य विकास, आथिर्क उन्नति र सामाजिक समावेशीकारणको रोल मोडेल भएको बताउनु भएको छ । पटनामा जारी ‘परिवर्तनमयी बिहारको विकासको लागि साझेदारी’ विषयक विश्व सम्मेलनको शुक्रबार उद्घाटन गदै प्रधानमन्त्री भट्टराईले विहारको विकासले नेपालीमा पनि इशर्याभाव जगाएको बताउनु भयो । ‘बिहार भ्रमणमा आउने धेरै नेपालीहरुले फर्केर मलाई बताउने गर्छन कसरी बिहारले नागरिक सुरक्षालाई मजबूत बनाएको छ र भौतिक पूर्वाधार निर्माण र स्तरोन्नतिलाई तिब्रता दिएको छ. धेरै नेपालीको आँखामा बिहार अहिले विकास, आथिर्क उन्नति...


र सामाजिक समावेशीकारणको रोल मोडेल भएको छ’ भट्टराईले भन्नुभयो-’यो छोटो अवधिमा जे जति हाशिल गर्नु भयो त्यसले हामीमा पनि इश्र्याभाव जगाएको छ ।

’अहिले तिब्र आथिर्क वृद्धि हासिल गर्ने बाटोमा अगाडी बढ्न खोजिरहेको नेपालले बिहारबाट धेरै कुरा सिक्नु पर्ने भन्दै उहाँले सहकार्यमा जोड दिनु भयो । प्रधानमन्त्री भट्टराईले नेपाल भारत र खासगरी सीमावर्ती भारतीय राज्यहरुसँग बलियो आथिर्क सम्बन्ध कायम गर्न तयार रहेको बताउनु भयो । ‘नेपालको प्रचुर जलविद्युत क्षमता परस्पर हितका निमित्त उपयोग गर्न सकिन्छ. पशुपतिनाथ, लुम्बिनी र जनकपुर नेपालका महान धामिर्क पर्यटकीय क्षेत्र हुन् । दुवै क्षेत्रमा संयुक्त लगानीका उपक्रमहरु खडा गर्ने प्रचुर सम्भावना छ’ उहाँले भन्नुभयो-’दुवै देशका नेतृत्वमा समरुदारी, सद्भावना र दूरदृष्टिको खाँचो छ. आउनुहोस् यो बुद्ध र अशोकाको भूमिका हामीले मानवहितका लागि सहकार्य गरौं र एक्काईसौं शताव्दीको नेतृत्व गरौं ।’
नेपालमा अहिले संविधानसभाबाट नयाँ गणतान्त्रिक संबिधान निर्माण गर्ने र संघिय ढाँचामा राज्यको पुनसंर्रचना गर्ने प्रक्रिया जारी रहेको भन्दै उहाँले नेपाल अतुलनीय राजनीतिक संक्रमणको चरणमा रहेको बताउनु भयो । उहाँले भन्नुभयो-’ठुलो आँधी पछि जसरी पानी थामिन समय लाग्छ, हामी त्यस्तै एउटा चरणमा छौं ।’ प्रधानमन्त्री भट्टराईले सहमतिका लागि केही समय लागेपनि सहभागितामूलक लोकतन्त्रको एउटा नयाँ मोडेल विकास गर्ने बताउनु भयो ।


Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks
Namastesansarnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute