शान्ति प्रक्रिया निष्कर्षमा पुगेको पुष्पकमल दहालको भनाई

माओबादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले शान्ति प्रक्रिया निष्कर्षा पुगेको बताउनुभएको छ । लडाकु पुनवर्गिकरण र स्वेच्छिक अवकाश प्रकृया सकिएकोले शान्ति प्रक्रिया निष्कर्षा पुगेको उहाँको भनाई थियो । स्वर्गीय घनश्याम ढकालको स्मृतिमा एकिकृत नेकपा माओबादी कास्कीले आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘शान्ति प्रकृया टुंगिनलाई अब बाँकी काम समायोजनको मात्रै छ । त्यो कामले पनि केही दिनमै पुर्णता पाउँछ ।’ लडाकु समायोजनका लागी दलहरुसंग छलफल भैरहेको प्रचण्डले बताउनुभयो । शान्ति प्रकृयाको जिम्मेबारी आफ्नो काँधमा भएकोले आफु सकारात्मक तरिकाले...


संक्रमणकाल टुंगाउन तर्फलागेको प्रचण्डले जानकारी दिनुभयो । ‘संविधान निर्माणको काम पनि तत्काल गरिहाल्नुपर्ने छ ।’ अध्यक्ष प्रचण्डले भन्नुभयो -’सबै पार्टी त्यसमा लाग्नुपर्छ ।’ संविधान निर्माणको काम सबै पार्टीको लागि अवसर भएकोले जनअपेक्षा अनुरुप संविधान निर्माण गर्न सहमति आवश्यक रहेको उहाँले जानकारी दिनुभयो । कास्की आफ्नो जन्मथलो भएको र कास्की आउँदा जहिल्यै पनि आफु उर्जाशिल भएर काठमाण्डौ र्फकने गरेको प्रचण्डले दोहोर्याउनुभयो । ‘आज त झन एउटा कर्मथ कार्यकर्ताको श्रद्धाञ्जलीमा आएको छु ।’ प्रचण्ड केही भावुक हुँदै भन्नुभयो । प्रचण्डले स्वर्गीय घनश्याम ढकालले पार्टीले साहित्यमा पुर्‍याएको योगदान साथै उनले साँचेको सपना पुरा गर्न पार्टीको तर्फाट सहयोग गर्ने प्रतिबद्धता समेत गरे । १७ औँ जनयुद्ध दिवसको अवसरमा काठमाण्डौमा आयोजित जनसभामा पुगेका स्वर्गीय घनश्याम ढकालको बाटो काट्ने क्रममा मोटरर्साईकलको ठक्करबाट निधन भएको थियो । श्रद्धाञ्जली कार्यक्रममा ढकालको व्यक्तित्वको बारेमा चर्चा गर्दै उनका ज्वाई राजेन्द्र पौडेलले ढकालले शहिदहरुका लागी पुस्तकालय स्थापना गर्ने सपना बुनेको बताउनुभयो । प्रगतिशिल लेखकको रुपमा परिचित ढकालको अप्रकाशित कृतिहरुलाई प्रकाशन गर्नका लागि पनि पार्टीले सघाउने अध्यक्ष प्रचण्डले प्रतिबद्धता गर्नुभयो । ‘उनका कृतिहरुलाई विश्वविद्यालयको पाठ्यक्रममा समावेश गराउन पहल गर्नेछु ।’ प्रचण्डले भन्नुभयो ने-’यो मामलामा अन्य दलले पनि साथ दिनेमा विश्वस्त छु ।’


Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks
Namastesansarnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute