राजनीतिक सहमतिले शान्ति प्रक्रियाको गाँठो फुक्न सक्ने संकेत

सर्वोच्च अदालतले संविधानसभा म्याद जेठ १४ मा सकिने टुंगो लगाइदिएपछि दलका नेतामा छिटो शान्ति प्रक्रिया टुंग्याएर निर्धारित अवधिमै संविधान जारी गर्न चैतभित्रै माओवादी लडाकुका शिविर खाली गर्ने सेना समायोजन विशेष समितिको शुक्रबारको निर्णय भएको छ । माओवादी लडाकु र तिनका हतियार व्यवस्थापन गरी चैतभित्रै शिविर खाली गर्ने निर्णय शुक्रबार विशेष समिति बैठकले गरेको छ। संविधान बनाउने समय अब ५७ दिनमात्र बाँकी रहँदा समितिले शान्ति प्रक्रियाको मुख्य पाटो समायोजन चैतभित्रै टुंग्याउने निर्णय लियो। शुक्रबार समितिअन्तर्गत सचिवालयले सेना समायोजन गर्ने विधि, प्रक्रिया र मापदण्डसहितको समग्र...


कार्ययोजना बुझाएपछि बैठक फलदायी बन्यो। सचिवालयले ल्याएको समायोजन प्रस्ताव अध्ययन गरेर आइतबारको बैठकमा बाँकी छलफल हुने एमालेका तर्फबाट समिति सदस्य भीम रावलले जानकारी दिए।
चैत ९ गतेको समिति बैठकले लडाकु समायोजनको विधि, प्रक्रिया र मापदण्ड निर्धारण गरी कार्ययोजना पाँच दिनभित्र बुझाउन सचिवालयलाई निर्देशन दिएको थियो। सचिवालयले सहमति नजुट्दा निर्देशनअनुसार चैत १४ गते कार्ययोजना दिन सकेन।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट समिति सदस्य जितेन्द्र देवले एकरदुई दिन तलमाथि भए पनि समायोजन चैतमै टुंगिनेमा आफू विश्वस्त रहेको बताए।
लडाकु पुनर्वर्गीकरणपछि देशभरका १५ शिविरमा ९ हजार ७ सय लडाकुमात्र बाँकी छन्।
विशेष समितिले दर्जा छनोटका लागि सेनालाई जिम्मा लगाउने निर्णय पनि गरेको छ। शुक्रबार सचिवालयले समितिलाई बुझाएको कार्ययोजनामा कहिलेदेखि शिविरमा जाने, कसरी छनोट गर्ने, कस्ता लडाकु कुन दर्जाका लागि उपयुक्त हुनेलगायत विषय समावेश छन्।


Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks
Namastesansarnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute