एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीका उपाध्यक्ष मोहन वैद्यसहितका उनका पक्षधरहरुको पूर्व राजा ज्ञानेन्द्र र भारतिय गुप्तचर् संस्थाका सदस्य ‘रअ’ संग साँठगाँठ रहेको आरोप लगाउनुभएको छ । विहीवार ललितपुरको बालकुमारीमा आफु पक्षधरका कार्यकर्तालाई प्रशिक्षणमा प्रचण्डले आफूहरुलाई राजावादी र भारतपरस्त भन्ने वैद्य पक्षले भारतीय गुप्तचर संस्थाका सदस्यलाई गोप्य रुपमा भेट्ने गरेको र पूर्व राजा ज्ञानेन्द्रसंग साँठगाँठ रहेको आरोप लगाउनुभएको हो ।‘एकातिर क्रान्ति र राष्ट्रिय स्वाधीनताको कुरा गर्ने अर्कोतिर ज्ञानेन्द्र र रअका मान्छेसित भेट्ने यो कस्तो क्रान्तिकारिता हो ?’...
प्रचण्डले भन्नुभयो । प्रचण्डले वैद्य पक्ष क्रान्तिका चर्का कुरा
गरेर क्रान्तिकै विरुद्धमा लागेको आरोप लगाउनुभयो । वैद्यको शब्द जालमा नपर्न र पार्टीको मूल नेतृत्वका पक्षमा लाग्न आह्वान गर्दै प्रचण्डले भन्नुभयो, ‘पार्टीको जडसुत्रीय संशोधनवाद र लफ्फजीको पछि नलाग्नुस । विचार बुझ्नुस् ।’

प्रचण्डले मोहन वैद्य ५ वर्षसम्म मात्रै जनयुद्धमा लागेको अरु समय छुट्टीमा बसेको, भन्दै प्रचण्डले सीपी गजुरेलले युद्धकालमै दक्षिणपन्थी स्वीकार गरेको भन्दै आवश्यक परे गजुरेलको पत्र सार्वजनिक गर्ने चेतावनी दिनुभयो ।
आक्रामक ढंगले पेश भएका प्रचण्डले बादलले गरेका सबै कुरा सार्वजनिक नै छन् भन्दै चरित्रमाथि प्रश्न उठाउनुभयो । त्यसैलै वैद्य पक्षले जनयुद्धको पूरै श्रेय लिन खोज्नु गलत भएको प्रचण्डले बताउनुभयो ।
आक्रामक ढंगले पेश भएका प्रचण्डले बादलले गरेका सबै कुरा सार्वजनिक नै छन् भन्दै चरित्रमाथि प्रश्न उठाउनुभयो । त्यसैलै वैद्य पक्षले जनयुद्धको पूरै श्रेय लिन खोज्नु गलत भएको प्रचण्डले बताउनुभयो ।