बैद्य पक्षद्वारा प्रधानमन्त्री बाबुराम भट्टर्राई को राजिनामा माग

१५ जेठ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्यले संविधानसभा भङ्ग भइसकेको अवस्थामा संवैधानिक हैसियत स्वतः समाप्त भएकोले यो सरकार काम चलाउ सरकारमा परिणत हुन गएको बताउनुभएको छ । आज एक बिज्ञप्ती निकालेर उपाध्यक्ष बैद्यले जेठ १४ गते मध्यरातमा प्रधानमन्त्रीद्वारा सार्वजनिक सम्बोधनमार्फत २०६९ मङ्सिर ७ गते षड्यन्त्रमूलक ढङ्गबाट संविधानसभाको निर्वाचन पुनः गर्ने घोषणा गर्नु असंवैधानिक भएको उल्लेख गर्नु भएको छ । यसले देशभक्त तथा परिर्वतनकामी नागरिकमा गम्भीर प्रकारको आघात पु¥याएको बताउँदै उहाँले रानीतिक दलहरूको सहमति नलिइएको र संवैधानिक...


व्यवस्था पनि नभएको स्थितिमा प्रधानमन्त्रीको यो घोषणा स्वतः असंवैधानिक भएको टिप्पणी गर्नु भएको छ । अविलम्ब यो सरकारको राजिनामाको माग गर्दै विज्ञप्तीमा सर्वदलीय राजनीतिक सहमति कायम गरी संविधानसभाको निर्वाचनलगायत सम्पूर्ण राजनीतिक निकास र नीतिगत निर्णयसम्बन्धी कामको व्यवस्था गर्नेबारे तत्काल आवश्यक पहल लिन सबै राजनीतिक दलसँग अनुरोध गरिएको छ ।


Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks
Namastesansarnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute