प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइलद्वारा मन्त्री परिषद विस्तार

प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले मन्त्री परिषद विस्तार गरेका छन् । दलहरुको सिफारिसका आधारमा प्रधानमन्त्री भट्टराईले मन्त्रीपरिषदमा १२ जना मन्त्री नियुक्त गरेका हुन् ।आज नियुक्त भएका मन्त्रीहरुमा माओवादीका ५, मधेशी मोर्चाका ५ र कांग्रेसका २ जना छन् । माओवादी र मोर्चाले यसअघि कै मन्त्रीलाई दोहो-याएका छन् । कांग्रेसबाट महामन्त्री कृष्ण सिटौला र केन्द्रिय सदस्य तथा सभासद सुर्यमान गुरुङ्ग मन्त्री बनेका छन् । माओवादीबाट नारायकणकाजी श्रेष्ठ, पोष्टवहादुर वोगटी, दिनानाथ शर्मा टोपवहादुर रायमाझी, र बर्षमान पुन मन्त्री बनेका छन् । त्यस्तै, मधेशी मोर्चाबाट विजयकुमार गच्छदार, ह्दयेश त्रिपाठी...


राजेन्द्र महतो, महेन्द्रप्रसाद यादव र राजकिशोर यादव नया मन्त्रीमण्डलमा दोहोरिएका हुन् ।
राष्ट्रपति निवास शितल निवासमा अहिले केहीबेरमा प्रधानमन्त्री भट्टराईले मन्त्रीलाई सपथ ग्रहण गराउने कार्यक्रम छ ।
कांग्रेसले देउवा पक्षलाई पनि समेट्ने गरि २ जनालाई मात्र मन्त्रीपरिषदमा पठाएको श्रोतले जनाएको छ । तर देउवा पक्षले भने वर्तमान सरकारमा नजाने निर्णय गरेको छ । एमालेले भने भोली मन्त्रीहरुको नाम टुंगो लगाइने बताएको छ ।


Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks
Namastesansarnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute