महोत्सवले बढायो कलाकारको व्यस्तता

मोरङको विराटचोकमा फागुन १३ गतेदेखि सञ्चालन भैरहेको इन्द्रपुर महोत्सवमा सहभागी हुन राजधानीबाट विराटनगर पुगेका गायक  रामकृष्ण ढकाल तथा गायिका मल्लिका कार्कीले महोत्सवमा सहभागी हजारौं सर्वसाधारणलाई आफ्ना लोकप्रिय गीत सुनाए ।१२ दिन लामो उक्त महो त्सवमा रामकृष्ण र मल्लिकासहित निमा रुम्बा, स्वरूपराज आचार्य, हिमाल सागर, प्रमोद खरेल, तिलकबम मल्ल, शिव परियार, श्रीकृष्ण लुइँटेल, दीपक  लिम्बूजस्ता राष्ट्रिय स्तरका कलाकार पनि संलग्न भए । महोत्सवको अन्तिम दिन मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले दर्शकहरूलाई हँसाए । इन्द्रपुर महोत्सव त एउटा उदाहरण मात्र हो । पर्यटन वर्ष-२०११ को ...


अवसर पारेर अहिले देशव्यापी रूपमै महोत्सवहरू सञ्चालन भइरहेका छन् । यस्ता  महोत्सवमा सांस्कृतिक कार्यक्रम मुख्य आकर्षण हुने भएकाले लोकप्रिय कलाकारहरूलाई अहिले 'दसैं' नै लागेको छ । 

गायक हेमन्त शर्मा तथा प्रमोद खरेल दुई साताअघि पोखरामा थिए । लेखनाथ महोत्सवमा गीत गाएपछि हेमन्त शर्मा महोत्सवमै सहभागी हुन तम्घास  गए भने प्रमोद कणर्ालीको चिसापानी पुगे । तम्घासपछि हेमन्तले भैरहवामा गएर गीत गाए अनि काठमाडौं फर्किएलगत्तै अछामको साँफेबगर पुगे ।  प्रमोद भने कणर्ालीबाट सौराहा अनि धनगढीमा सम्पन्न महोत्सवमा सहभागी भए । 

गत बुधबार प्रमोद विराटचोकमा गीत गाइरहेका थिए भने भोलि शनिबार उनी पश्चिम नेपाल पुग्दैछन् । गायन दम्पती गायक-गायिका कन्हैया सिंह  तथा अञ्जना गुरुङको व्यस्तता पनि उस्तै छ । धनगढी, सुर्खेत तथा नेपालगन्जमा सम्पन्न महोत्सवमा सहभागी भैसकेको यो जोडी गत साता  गुलरियामा सम्पन्न कृष्णसार महोत्सवमा सहभागी भए । सांगीतिक कार्यक्रमकै क्रममा आज शुक्रबार यो जोडीले नेपालगन्जका दर्शकलाई आफ्ना गीत  सुनाउँदैछ । कृष्णसार महोत्सवमा शिव परियार, हेमन्त राना, बद्री पंगेनी, नवीन पौडेल तथा मेरी बास्सै समूहका कलाकारहरूका साथै दीपकराज गिरी  एवं दीपाश्री निरौलाको समेत सहभागिता थियो । 

हास्यश्रृंखला मेरी बास्सैका तीन जना कलाकार सीताराम कट्टेल धुर्मुस, केदार घिमिरे माग्नेबूढा तथा कुञ्जना घिमिरे त महोत्सवका कारण काठमाडौंमा  बस्नै पाउँदैनन् । 'शुक्रबार, शनिबार र आइतबार काठमाडौंमा नभएको त धेरै भैसक्यो, ' धुर्मुस भन्छन्— 'पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आयोजना  हुने महोत्सवमा सहभागिता जनाउने क्रममा 'मेरी बास्सै' श्रृंखलालाई पर्याप्त समय दिन नसकिएको हो कि जस्तो भैरहेको छ ।' महोत्सवले मेरी बास्सै श्रखलाका कलाकारलाई मात्र होइन, तीतो सत्य, जीरे खुर्सानी तथा झ्याइँकुटी झ्याइँका कलाकारहरूलाई पनि व्यस्त बनाइरहेको छ । लोकगायिका को मल वलीदेखि बद्री पंगेनीसम्म अचेल महोत्सवमै रमाइरहेका छन् । स्रोत: साप्ताहिक 


Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks
Namastesansarnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute