सरकारका कामकारबाही लगायत विषयमा तीव्र आलोचना हुन थालेपछि प्रधानमन्त्री झलनाथ खनालले राजनीतिक संवाद र सम्बन्ध सुधारको पहल थालेका छन् । उनले संविधानसभाको कार्यकाल बढाएर भए पनि संविधान निर्माणलाई पूर्णता दिनुपर्ने भन्दै त्यसका लागि सघाउन कांग्रेससँग आग्रह गरेका छन्। प्रधानमन्त्री भएपछि पहिलोपटक प्रतिपक्षी दल कांग्रेसका सभापति सुशील कोइरालालाई भेट्न उनकै निवास महाराजगन्ज पुगी खनालले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री खनालले इमान्दारीपूर्वक काम गर्न सके बाँकी एक महिनामा पनि संविधान निर्माणमा धेरै प्रगति हासिल गर्न सकिने र त्यसलाई पूर्णता दिन समय थप्न सकिने...
धारणा कोइरालासँग राखेका थिए । 'हामी निष्ठापूर्वक अघि बढ्यौं भने संविधान निर्माणको काममा धेरै प्रगति हासिल गर्न सक्छौं,' कोइरालासँगको कुराकानी उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, 'इमान्दारीपूर्वक प्रयत्न गर्दा पनि समय पुगेन भने केही समय थप गरी यो काम पूरा गर्नुपर्छ ।' शान्ति प्रक्रिया र संविधान निर्माणका सवालमा प्रधानमन्त्री चुपचाप बसेको भन्दै आलोचना भइरहेका बेला खनालले बिहीबार राजनीतिक वार्ता थालेका हुन् ।
धारणा कोइरालासँग राखेका थिए । 'हामी निष्ठापूर्वक अघि बढ्यौं भने संविधान निर्माणको काममा धेरै प्रगति हासिल गर्न सक्छौं,' कोइरालासँगको कुराकानी उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, 'इमान्दारीपूर्वक प्रयत्न गर्दा पनि समय पुगेन भने केही समय थप गरी यो काम पूरा गर्नुपर्छ ।' शान्ति प्रक्रिया र संविधान निर्माणका सवालमा प्रधानमन्त्री चुपचाप बसेको भन्दै आलोचना भइरहेका बेला खनालले बिहीबार राजनीतिक वार्ता थालेका हुन् ।
आधा घन्टाको छलफलमा सभापति कोइरालाले शान्ति प्रक्रिया छिटो टुंग्याउने दिशामा अघि बढेमात्र संविधानसभाको म्याद थप्न सकारात्मक वातावरण बन्ने बताएका थिए । 'पहिले शान्ति प्रक्रियामा टुंगिने दिशामा अघि बढ्नुपर्यो,' कोइरालाको भनाइ उद्धृत गर्दै कांग्रेस स्रोतले भन्यो, 'त्यसपछि संविधान निर्माणका लागि आवश्यक पर्ने समयबारे पनि सकारात्मक वातावरण बन्छ ।' सभापति कोइरालाले शान्ति प्रक्रिया छिटो टुंग्याउन कांग्रेसले पूर्ण सहयोग गर्ने आश्वासन दिए ।
कोइरालाले सरकारले हतारमा बजेट ल्याउन लागेकोप्रति प्रधानमन्त्रीसँग आपत्ति प्रकट गरेका थिए । संविधान निर्माण र शान्ति प्रक्रियाका विषयमा कसरी अघि बढ्ने भन्ने निणर्ायक समयमा बजेट ल्याउने प्रक्रिया ठीक नहुने भन्दै कोइरालाले तत्काल त्यो समय सार्न आग्रह गरेका थिए । यही विषयमा कांग्रेसलगायतका विपक्षी दलले बिहीबार नै प्रधानमन्त्री खनाल र सभामुख सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाएका थिए । कोइरालाले शान्ति सुरक्षाको स्थिति सुधार्न सरकारले ध्यान नदिएको भन्दै असन्तुष्टि जनाएका थिए ।
प्रधानमन्त्री खनालले भने जनआन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्ने त्यो आन्दोलनमा सहभागी दलहरू सबै एक ठाउँमा उभिनुपर्ने धारणा राखेका थिए । 'हामीले मिलेर क्रान्ति गरी परिवर्तन ल्यायौं, यतिबेला क्रान्तिका शक्तिहरू मिलेरै प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नुपर्छ,' खनालले कोइरालासँग भने ।
कोइरालासँगको भेटपछि पार्टीको भ्रातृ संगठन लोकतान्त्रिक मधेसी संगठनको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जनपकुर पुगेका खनालले फर्केपछि बालुवाटारमा प्रमुख प्रतिपक्ष्ाी कांग्रेस, फोरम लोकतान्त्रिक, तमलोपा, सहित १३ वटा दलसँग र उनीहरूले बजेट तथा शान्ति र संविधानका विषयमा उठाएका चासोबारे छलफल गरे ।
बालुवाटारको भेटपछि खनाल राति आठ बजे साँझ पार्टीभित्र आफ्ना कडा आलोचक मानिने स्थायी समिति सदस्य केपी ओलीलाई भेट्न बालकोटस्थित उनकै निवास पुगे । सरकारका कामकारबाही र पार्टी सञ्चालन लगायतमा खनालको कार्यशैलीबाट चिढिएका ओलीसँग सम्बन्ध सुधार्न उनी बालकोट पुगेका हुन् । ओलीले यसअघि आफूलाई प्रहरीले केरकार गरेको भन्दै बालुवाटार नछिर्ने बताएकाले खनाल छलफलका लागि आफैं गएका हुन् ।
खनालले गत बुधबारका लागि तोकिएको केन्द्रीय समिति बैठक अनिश्चित कालका लागि स्थगित गरेपछि एमालेको नेपाल-ओली समूह उनीसँग झन् चिढिएको छ । सार्वजनिक रूपमै खनाललाई अध्यक्षबाट हटाउने र प्रधानमन्त्रीबाट पनि फिर्ता बोलाउने सम्मका चेतावनी असन्तुष्ट समूहले दिँदै आएको छ । ओलीसँगको छलफलमा शान्ति प्रक्रिया र संविधान निर्माणलाई पूर्णता दिने र पार्टीको रणनीति कस्तो बनाउने भन्ने विषयमा कुराकानी भएको थियो ।
'प्रधानमन्त्रीले छलफल गर्नु भएन भन्ने गुनासो आएकाले त्यसलाई सम्बोधन गर्न र शान्ति प्रक्रिया तथा संविधान निर्माणका सवालमा पार्टी कसरी अघि बढ्ने भन्ने विषयमा कराकानी गर्न बालकोट जानुभएको हो,' सल्लाहकार थापाले भने । खनालले बुधबार यही विषयमा महासचिव ईश्वर पोखरेलसँग कुराकानी गरेका थिए । खनालले पूर्वप्रधानमन्त्री तथा नेता माधवकुमार नेपाललाई पनि चाँडै भेट्ने जनाए ।
शान्ति र संविधानलाई पूर्णता दिने विषयमा खनालले चासो नदिएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेस र उनकै दल एमालेबाट समेत आलोचना हुन थालेपछि खनालले संवाद थालेका हुन् । केही दिन यता खनाल शान्ति प्रक्रिया र संविधानका मुद्दा छोडेर औपचारिक कार्यक्रम र उद्घाटनमा मात्रै केन्द्रित थिए । स्रोत: कान्तिपुर