हाइटीमा पनि सुडान घोटालाकै ठेकेदार शम्भु भारतीमार्फत सामान किनिएको थियो, तर विवाद नभएपछि सुडान घोटालाको योजना बुनिएको थियोकमिसनका लागि किनिएका कमसल सामान बिगि्रएपछि अहिले हाइटी मिसनमा खटिएका प्रहरीले जोखिममै काम गर्दै आएका छन सामान किनेर महँगो बिल बनाएर पास गर्दा श्यामभक्त थापा प्रहरी महानिरीक्षक र कमल थापा गृहमन्त्री थिएनेपाल प्रहरीमा सुडान घोटालाजस्तै हाइटी घोटाला भएको खुलासा भएको छ । आठ वर्षअघि तत्कालीन प्रहरी नेतृत्वले हाइटी मिसनका लागि कमसल सामान किनेर धेरै मूल्यको बिल बनाएको पाइएको हो । हाइटी मिसनमा अहिले पनि. नेपाल प्रहरी...
छ, तर त्यतिवेला कमसल सामान किनिएकाले अहिले मिसनले आवश्यक सामानविनै जोखिममै काम गर्दै आएको छ । ती सामान मर्मतमा मात्र प्रहरीको करोडौँ खर्च भइरहेको छ । तत्कालीन प्रहरी महानिरीक्षक श्यामभक्त थापाको कार्यकालमा हाइटी मिसनका लागि कमसल सामान किनेर महँगो बिल पास गरिएको थियो । ०६० सालमा राष्ट्रसंघले नेपाललाई हाइटीमा शान्ति मिसन पठाउन आग्रह गरेपछि प्रहरीको पहिलो शान्ति मिसन हाइटी गएको थियो । हाइटीमा नेपाल प्रहरीको १३औँ मिसन कार्यरत छ ।त्यसअघि पनि पर्यवेक्षकका रूपमा अन्य द्वन्द्वग्रस्त मुलुकमा नेपाल प्रहरी गए पनि उनीहरू व्यक्तिगत रूपमा नै बस्दथे । तर, हाइटीमा ब्यारेक सिस्टममा पहिलोपटक नेपाल प्रहरी गएको हो । पहिलोपटक आफ्नै पूर्वाधार बनाउनुपरेपछि प्रहरी कल्याण कोषको रकमबाट हाइटी मिसनकै लागि पैसा खर्च गरिएको थियो ।
छ, तर त्यतिवेला कमसल सामान किनिएकाले अहिले मिसनले आवश्यक सामानविनै जोखिममै काम गर्दै आएको छ । ती सामान मर्मतमा मात्र प्रहरीको करोडौँ खर्च भइरहेको छ । तत्कालीन प्रहरी महानिरीक्षक श्यामभक्त थापाको कार्यकालमा हाइटी मिसनका लागि कमसल सामान किनेर महँगो बिल पास गरिएको थियो । ०६० सालमा राष्ट्रसंघले नेपाललाई हाइटीमा शान्ति मिसन पठाउन आग्रह गरेपछि प्रहरीको पहिलो शान्ति मिसन हाइटी गएको थियो । हाइटीमा नेपाल प्रहरीको १३औँ मिसन कार्यरत छ ।त्यसअघि पनि पर्यवेक्षकका रूपमा अन्य द्वन्द्वग्रस्त मुलुकमा नेपाल प्रहरी गए पनि उनीहरू व्यक्तिगत रूपमा नै बस्दथे । तर, हाइटीमा ब्यारेक सिस्टममा पहिलोपटक नेपाल प्रहरी गएको हो । पहिलोपटक आफ्नै पूर्वाधार बनाउनुपरेपछि प्रहरी कल्याण कोषको रकमबाट हाइटी मिसनकै लागि पैसा खर्च गरिएको थियो ।
त्यतिखेर, तीनवटा एपिसीसहित चारवटा पि|mफयाक -अस्थायी घर), चारवटा वाटर प्युरिफाइड युनिट, दुईवटा जेनेरेटर, सञ्चार सेटलगायतका सामग्री खरिद गरिएका थिए । उक्त मिसनमा पनि बन्दोबस्तीका सामानको ठेक्का सुडान काण्डकै ठेकेदार शम्भु भारती र च्यान्टे घिमिरेले लिएका थिए । त्यतिखेर, खरिद गरिएका सामानमध्ये चारवटा पि|mफयाक घरमा मात्र ८८ लाख घोटाला भएको प्रहरी स्रोत बताउँछ । आठ लाख पर्ने पि|mफयाकलाई ३० लाखका दरले किनेको कागज बनाइएको थियो ।
त्यसैगरी, दुई लाख ७५ हजारमा चारवटा वाटर प्युरिफाइड युनिट खरिद गरी आठ लाखको बिल बनाइएको थियो । वाटर प्युरिफाइडमा मात्र ३३ लाख अनियमितता भएको उक्त खरिद प्रक्रियाबारे जानकार एक उच्च प्रहरी अधिकारीले बताए ।
त्यसैगरी, दुई लाख पर्ने जेनेरेटरलाई आठ लाख परेको देखाइएको थियो भने नेपालबाट लगिएका नौवटा गाडीमा छत हाल्न पनि चार करोडभन्दा बढी अनियमितता भएको प्रहरी स्रोतको दाबी छ । एउटा गाडीको १० लाखमा हुड हालेर ६० लाखको बिल कल्याण कोषबाट तिराइएको थियो । त्यतिखेर सञ्चार सेट खरिदमा पनि वास्तविकभन्दा धेरै मूल्य राखिएपछि त्यसमा निर्णय गर्न प्रहरीमै विवाद भएको स्रोत बताउँछ । सञ्चारमा कार्यरत तत्कालीन एसपी -हाल डिआइजी) अमृतकाजी श्रेष्ठले महँगो भएको भन्दै निर्णय गर्न अस्वीकार गरेपछि तत्कालीन आइजिपी थापा र डिआइजी रवि श्रेष्ठले थर्काएर उनलाई हस्ताक्षर गराएको खरिद शाखाका एक तत्कालीन प्रहरी अधिकारीले बताए ।
श्रेष्ठ त्यतिखेर प्रहरीको खरिदसम्बन्धी निर्णय गर्ने प्रबन्ध शाखाका प्रमुख थिए । उनी एआइजी भएर अवकाश पाइसकेका छन् । प्रशासनमा भने सुरुमा एआइजी राजेन्द्रबहादुर सिंह र पछि ओमविक्रम राणा प्रमुख भएका थिए । कल्याण शाखामा काम गर्ने प्रहरीका तत्कालीन एक प्रहरीका अनुसार त्यतिखेर विभिन्न जिल्ला प्रहरी कार्यालयलाई दिइएका नौवटा टाटा गाडी तानेर त्यसलाई रंगरोगन गरी हाइटी पठाइएको थियो । त्यतिखेर, खरिद गरिएका कतिपय समान त राष्ट्रसंघले प्रयोग गर्नै नदिएपछि ती सामान पछि निकै सस्तोमा बेचिएको थियो । उक्त खरिदको अनुसन्धान गरेमा धेरै कुरा बाहिर आउने एक उच्च प्रहरी अधिकारी बताउँछन् ।
हाइटी मिसनका लागि पठाइएको अन्य सामान मापदण्डअनुसार नभएको भन्दै सुरुमा राष्ट्रसंघले ती सामान प्रयोग गर्न दिन आनाकानी गरेको थियो । सबै सामान राम्रोसँग प्रयोगमा आउन नसकेकाले हाइटी मिसनमा प्रयोग भएका सामानबापत राष्ट्रसंघले पूर्ण रूपमा पैसा दिएको छैन । घटनाको विषयमा बुझ्न खोज्दा तत्कालीन प्रहरी महानिरीक्षक थापा सम्पर्कमा आउन चाहेनन् । त्यतिखेर, कमल थापा गहृमन्त्री थिए ।
प्रहरी अधिकारीका अनुसार सोही हाइटी मिसनबाट नै प्रहरीको कल्याण कोषको दुरुपयोग सुरु भएको थियो । प्रहरी अधिकारीहरूको कल्याणकारी सेवाका लागि भनेर बनाइएको कोषलाई त्यसअघि अन्य क्षेत्रमा खर्च गरिएको थिएन । प्रायः शान्ति मिसनका लागि आवश्यक सामग्रीमा सरकारले नै किनेर पठाउने गर्दछ । तर, कमिसनकै लोभमा त्यसरी कोषको पैसा लगानी गरिएको प्रहरी अधिकारीहरू बताउँछन् ।हाइटी मिसनमा भएको 'अनियमितता सफल भएपछि' मन्त्री, सचिव र प्रहरी अधिकारी उत्साही भएर सुडान मिसनमा पनि कमिसन खाएको प्रहरी स्रोतको भनाइ छ ।
त्यतिखेर, कमसल सामग्री खरिद गरिएकाले हरेकजसो नियमित रूपमा मर्मत गर्नुपरेको कल्याण शाखाका एक प्रहरी बताउँछन् । कल्याण शाखाका एसपी दानसिंह बोहोराले पनि हाइटीमा प्रयोग भएका सामानको नियमित रूपमा मर्मत गर्नुपरेको स्वीकारे । खरिद गरेको धेरै वर्ष भएकाले सामानहरू जीर्ण भएको उनको भनाइ छ । स्रोत: नयाँ पत्रिका