यस अघिपनि बडो नाम कमाएका हुन् यी चार सभासदले । यस अघि संसद भवनको कुर्सी फाल्ने । टेबल मिल्काउने । सभासदहरुलाई तथानामा गाली गर्ने । माइक निमोठ्ने । संसदमा नारा र जुलुस गरेर संसद चल्नै नदिने । यस्तैमा नाम कमाएका थिए दलित जनजाति पार्टीका सभासद् विश्वेन्द्र पासवान, नेपा राष्ट्रिय पार्टीका सभासद् बुद्धरन्त मानन्धर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुक्मिणी चौधरी र स्वतन्त्र सभासद् सदरुल मिया हकले । अहिले २०६२, ६३ सालपछिको यो परिवर्तन पश्चात संसद भवनमा मार्शल लगाएर घोक्रे ठ्याक खाँदै बाहिर निकालिनेमा नाम कमाएका छन् ।अब तिनले सात दिन संसद भवन.छिर्न पाउने छैनन्...
। संसद नियमावली नमान्ने, बबन्डर मच्चाउने सभासदका रुपमा तिनको नाम ईतिहासमा लेखिएको छ । जनतालेपनि यीनको क्रियाकलाप गैह्रप्रजातान्त्रिक भएकोले संसद भवनबाट मर्यादापालक भनिने लाठेहरुले निकाल्नुपरेको भनेर चिन्न पाए ।
। संसद नियमावली नमान्ने, बबन्डर मच्चाउने सभासदका रुपमा तिनको नाम ईतिहासमा लेखिएको छ । जनतालेपनि यीनको क्रियाकलाप गैह्रप्रजातान्त्रिक भएकोले संसद भवनबाट मर्यादापालक भनिने लाठेहरुले निकाल्नुपरेको भनेर चिन्न पाए ।
यीनले सभासदकै बेइज्जति गरेका थिए संसद भवनमै । संसदका कुर्सी भाँच्ने, माइक निमोठ्ने र छतबाट कुर्सी टेवलनै मिल्काउने । तथानम बोल्ने, आक्रमण गर्न तम्सिने आफू अनुकुल नहुनासाथ । जनताको जनादेशका नाममा यीनको पार्टी र ब्यक्तिलाई नाथे एक जनामाथि मात्रै जनताको समर्थन छ । तर यीनले कांग्रेस, माओवादी र एमालेका गरेर ६०० सय सभासदलाईनै चुनौती दिन्छन् बा ! संसदमा कुनै सभासदले केहि महत्वपूर्ण विषयमा जवाफ दिन जान लाग्दापनि गाली गर्ने, उफ्रिने, बाटैमा रोक्ने, नाराबाजी गर्ने र नाथे चार जना सभसदले पुरै संसद अवरुद्द गर्ने ।
जनताले देश र जनताको लागि काम गर्न, राष्ट्रको हित गर्न भनेर भोट हालेर पठाएका यी लठुवाहरुलाई । जनताका अगाडि के के न गर्छु भनेर साखुल्ले बन्दै भोट माग्न गए घर घर । जनताले ल गर्लान् भन्ने पत्याएर मत दिए । संसद भवनमा जनताका लागि के के हित गर्न सकिन्छ भनेर बस्लान् । छलफल गर्लान् अन्य दलसित । प्रजातान्त्रिक आचरण देखाउलान् । जनताले यीबाट केहि सिक्न पाउलान् भन्ने आशा गरेका हुन्छन् । तर यीनको पारा त पुरै बिपरीत । बिदेशी मुलुकबाट भिख मागि मागि ल्याएको संसदको माइक निमोठ्ने । कुर्सी मिल्काउने । अनेक अनेक बखेडा झिक्ने, नचहाहिँदा आफ्नो हैसियत, जनताले दिएको पद र पत्याएभन्दा बढि अनेक शर्त तेर्स्याउने । अरु पार्टीका सभासद, नेतालाई तथानाम गाली गर्ने । संसद भवनलाई नारा जुलुस र मनपरी बोल्ने थलो बनाउने । पाखुरा सुर्काएकै भरमा संसद भवनलाइ आफ्नै कब्जामा नचाउन खोज्ने ।
हरेक चिजको मर्यादा हुन्छ । व्यवस्थापिका संसदकोपनि मर्यादा र अनुसासन छ । सभासदहरुले त्यसको पालना गर्नुपर्छ । तर यीनले त्यो पुरै लत्याउँदै आएका थिए । लोइरे, लुते हुन् सभामुख सुभास नेम्वाङ । संसदमा जसले जे गर्दापनि हेरेर बस्ने भन्ने टिकाटिप्पणी सुनिने गरेका नेम्वाङलाईपनि अति भो भन्ने लागेछ क्यारे । हिजो त उनले संसदका मुड्कीबाज (जसलाइ मर्यादापालक भन्छन्) लगाएर संसद भवनबाट गल्हत्याउन लगाए । राम्रो गरे । संसद भवन जनताको आँखामा भिडतन्त्र, हा हु र नाराबाजी अनि मनपरी गाली गलौज गर्ने थलोका रुपमा परिचित हुन थालिसकेको थियो । सभासद जान्छन्, आफ्ना सुबिधाको लागि निर्णय गर्छन् । दलहरु बाज्छन्, मारपिट गर्छन् । तथानाम बोल्छन् । नारा र जुलुस मच्चाउँछन् । ब्रिफकेस फोर्छन् । सभासद भनेका जंगली हुन्छन् भन्ने स्थापित हुन लागेको थियो जनताका आँखामा । ब्यवस्थापिका संसदको मर्यादा र अनुसासन पालना नगर्नेलाई कुनै कारवाही नगरेकाले मनपरी चल्दै आएको थियो । तर सभामुख नेम्वाङको यो चोटिलो निर्णयले पक्कैपनि सभासदहरुलाई सजग गराएको छ । मनपरीतन्त्रलाई अलिकति भएपनि दुरुत्साहित गराएको छ ।
कम्तिमा चार जना अतिबादी सभासदहरुले ईतिहास बनाउन पाएका छन् । जनताले मुक्केवाजहरु लगाएर संसद भवनबाट गल्हत्याइएका सभासद यी यी हुन् भनेर चिन्ने मौका पाएका छन् । संसद भवनमा ब्रिफकेस फोर्ने, पाखुरा सुर्क्याउने सभासदहरुलाई पनि अब सभामुखले यसैगरि गल्हत्याउने गरे अलिकति चेत खुल्थ्यो कि ! स्रोत: नेपाल प्लस