हुम्लामा तारा एअरको विमान दुर्घटना

नेपालगन्जबाट हुम्लाका लागि उडेको तारा एअरको डोर्नियर 9NAGQ २२८ विमान हिजो बिहान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। बिहान ७ बजेर ३५ मिनेटमा खाद्य संस्थानको एक हजार २ सय १० केजी चामल लिएर उडेको सो विमानमा रहेका चालक दलका तीन जनै सदस्य सकुशल छन्। विमानमा क्याप्टेन बोधराज निरौलाको नेतृत्वमा उप क्याप्टेन महेश्वरमान श्रेष्ठ र एअर होस्टेस दीपा जोशीसहित चालक दलका तीन सदस्य थिए। बिहान ८ बजेर ५५ मिनेट जाँदा विमानस्थलमा अवतरण गरिसकेपछि धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो।  'अवतरण असन्तुलन (ल्यान्डिङ डिसब्यालेन्स).भएको हो...


 तारा स्रोतले .बतायो। दुर्घटनाबाट बायाँ पखेटामा क्षति पुगेको छ। बुद्ध र यति आकाशमै ठोक्किनबाट जोगियो-यसैबीच हिजो साँझ बुद्ध र यति एअरलाइन्सका दुई जहाज आकासमै ठोक्किएर भयंकर दुर्घटना हुनबाट जोगिएका छन्। काठमाडौंबाट भैरहवा जाँदै गरेको बुद्ध एअरको एटिआर र भैरहवाबाट काठमाडौं आइरहेको यतिको जेटस्ट्रिम जहाज भैरहवाभन्दा अलिकति वर आपसमा जुध्ने अवस्था सिर्जना भएको थियो।
दुवै जहाजलाई १० हजार ५ सय फिटको उचाइमा उडाउन स्वीकृति दिएर भैरहवा विमानस्थल, एअर ट्राफिक कन्ट्रोलरले लापरवाही गरेको स्रोतले बतायो।
स्रोतका अनुसार भैरहवा पुग्न ३० माइल बाँकी छँदा बुद्ध र यतिका जहाजबीच झन्डै चार माइल फरक थियो। टावरले एउटालाई तल झर्न र अर्कोलाई माथि जान निर्देशन दिनुपर्नेमा कुनै निर्देशन नदिएर लापरवाही देखाएको एक पाइलटले बताए। त्यतिखेर बुद्ध एअर ४ सय ५० किलोमिटर प्रतिघन्टा र यति ३ सय किमी प्रतिघन्टाको गतिमा रहेको अनुमान छ।

'एउटै लेभलमा दुई जहाज आएको अवस्थामा दुवै जहाज आ-आफ्नो दिशाबाट दायाँ लाग्नुपर्छ,' एक निजी वायुसेवाका क्याप्टेनले भने। यतिले भने आफ्नो लेभल र दिशा परिवर्तन नगरेपछि बुद्ध एअरले बायाँतिर मोडेको स्रोतले बतायो।

बुद्धका क्याप्टेनले त्यस्तो स्थितिमा पनि धैर्य नगुमाई जहाजलाई बायाँ मोडेकाले आकाशमै हुन लागेको भयंकर दुर्घटना टरेको हो। बुद्ध एअरको जहाज क्याप्टेन यशोधरा थापा र यतिको जहाज क्याप्टेन रमेश श्रेष्ठले उडाएका थिए।

भैरहवा ओर्लिएपछि बुद्धले टावरसँग आपत्ति जनायो। एअर ट्राफिकले भने गल्ती स्विकार नगरी उल्टै जहाजमाथि नै दोष लगाएको थियो। यति एअरका क्याप्टेन श्रेष्ठले भने एअरलाइन्स व्यवस्थापनलाई समेत यसबारे कुनै जानकारी नदिएको स्रोतले बतायो। 'यो विषयमा हाम्रा क्याप्टेनले कुनै जानकारी नै दिएका छैनन्,' यति स्रोतले भन्यो। स्रोत: नागरिक न्युज, Photo: ekantipur


Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks
Namastesansarnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute