नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईवी) ले कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोग गरेको अभियोगमा सरकार नेतृत्वकर्ता दल नेकपा एमालेका एक सभासदलाई पक्राउ गरेको छ ।सीआईवीको टोलीले एमालेको समानुपातिक कोटाका सभासद नारदमुनि राना थारुलाई काठमाडौं अनामनगरस्थित डेराबाट सोमबार बिहान पक्राउ गरेको हो ।कैलालीको धनगढीका सभासद रानाको रातो पासपोर्ट प्रयोग गरेर म्याग्दी रत्नेचौरका निर्मल वानियाँ अष्टे्रलियाको सिड्नी गएको पाइएको सीआईवी प्रमुख डिआईजी राजेन्द्रसिंह भण्डारीले जानकारी दिनुभयो । सोमबार अपराहृन आयोजित पत्रकार सम्मेलनमा.भण्डारीले सभासद...
रानाले दुई वटा रातो पासपोर्ट लिएको पाइएको जानकारी दिनुभयो ।रानाले ०१००१७ र ०२१२४४ नम्बरको रातो पासपोर्ट लिएका छन् । ०१००१७ मा सभासद रानाकै फोटो छ भने ०२१२४४ नम्बरको रातो पासपोर्टमा आफ्नो फोटो टाँसेर वानियाँ अष्टेलिया गएको सीआईवीले जनाएको छ । सीआईवीले दुबै पासपोर्ट सार्वजनिक गरेको छ ।
रानाले दुई वटा रातो पासपोर्ट लिएको पाइएको जानकारी दिनुभयो ।रानाले ०१००१७ र ०२१२४४ नम्बरको रातो पासपोर्ट लिएका छन् । ०१००१७ मा सभासद रानाकै फोटो छ भने ०२१२४४ नम्बरको रातो पासपोर्टमा आफ्नो फोटो टाँसेर वानियाँ अष्टेलिया गएको सीआईवीले जनाएको छ । सीआईवीले दुबै पासपोर्ट सार्वजनिक गरेको छ ।
यद्यपी प्रहरीसँगको बयानमा रानाले ०२१२४४ नम्बरको रातो पासपोर्ट आफूले नलिएको दावी गरेका छन् । रानाविरुद्ध राहदानी ऐन अनुसार मुद्धा चलाइनेछ । आरोप प्रमाणित भएमा एक वर्ष कैद वा पाँचसय जरिवाना तथा दुबै सजाय हुनेछ ।
यसैगरी सीआईवीले मधेसी जनअधिकार फोरमका सभासद शिवपुजन रायलाई खोजी गरिरहेको जनाएको छ । उनको रातो पासपोर्ट प्रयोग गरेर म्याग्दी घतान तोरिपानीका केदार पौडेल पनि अष्टे्रलियाको सिड्नी गएको पाइएको सीआईवी प्रमुख भण्डारीले जानकारी दिनुभयो । वानियाँ र पौडेल गत डिसेम्बरमा अष्टे्रलिया गएको अनुसन्धानका क्रममा भेटिएको सीआईवीले जनाएको छ ।
सीआईवी प्रमुख भण्डारीले राना र रायले १०-१० लाख रुपैयाँमा आफ्नो रातो पासपोर्ट बेचेको पाइएको जानकारी दिनुभयो । प्रहरीले राहदानी किर्ते गर्न सघाउ पुर्याउने खोटाङका देवेन्द्र पौडेल, बाग्लुङका पृथ्वी छन्त्याल, विराटनगरका डिएन धिताल, म्याग्दीका गोपाल वानियाँ र मनोजकुमार कार्की र लमजुङका दिलबहादुर घर्तीलार्ए पक्राउ गरेको छ । सर्लाहीका सन्तोषराज उप्रेती भने फरार छन् । यसअघि कूटनीतिक राहदानी दुरुपयोगको अभियोगमा पक्राउ परेका फोरम सभासद् वीपी यादव र नेपाली जनता दलकी सभासद् गायत्री साह विशेष अदालतको आदेशमा धरौटीमा रिहा भइसकेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान व्युरो सीआईवीले विभिन्न दलका थप ९ सभासदमाथि रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा छानविन गरिरहेको छ । स्रोत: अन लाइन खबर