२० जुलाई, काठमाण्डौं । उच्च शिक्षाका लागि विदेशिने नेपाली बिद्यार्थीहरुको संख्या चालु आर्थिक बर्षमा ५० प्रतिशतले घटेको छ । नेपाली बिद्यार्थीका लागि आर्कषण मानिएका मुलुकहरुले भिसा दिन तथा त्यहाँ पुगेपछि काम दिन समेत कडाई गरेपछि आर्थिक बर्ष ०६७/६८ मा गिरावट आएको हो ।शिक्षा मन्त्रालय छात्रवृत्ति साखाका अनुसार ०६६/६७ मा २६ हजार ९ सय ४८ बिद्यार्थीले बिदेश अध्ययनका लागि नो अब्जेक्सन लेटर लिएकोमा ०६७/६८ मा यो संख्या ११ हजार ९ सय १२ रहेको छ ।०६७/६८मा सवैभन्दा बढी अर्थात ३ हजार १ सय ४० नेपाली बेलायत गएका छन् । यस्तै अष्ट्रेलियाका लागि २ हजार ३ सय, अमेरिकाका लागि १ हजार...
दुई सय, जापानका लागि १ हजार १ सय २८ जनाले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएका थिए । आर्थिक बर्षभर बिभिन्न ६४ देशका लागि नेपाली बिद्यार्थीहरुले नो अब्जेक्सन लेटर लिएका थिए ।
दुई सय, जापानका लागि १ हजार १ सय २८ जनाले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएका थिए । आर्थिक बर्षभर बिभिन्न ६४ देशका लागि नेपाली बिद्यार्थीहरुले नो अब्जेक्सन लेटर लिएका थिए ।
अघिल्लो आर्थिक बर्षमा पनि सवैभन्दा बढी आर्थात १९ हजार ६८ जनाले युकेका लागि नो अब्जेक्सन लेटर लिएका थिए । विज्ञहरूका अनुसार विभिन्न मुलुकले परिवर्तन गरेको नीतिका कारण नै विदेशिन चाहने नेपाली विद्यार्थी घटेका हुन् ।
नेपालबाट बर्सेनि कति विद्यार्थी विदेश जान्छन् भन्ने तथ्याङ्क राख्ने निकाय छैन तर शिक्षा मन्त्रालयबाट विद्यार्थीहरूले लिने गरेको’ नो अब्जेक्सन लेटर’लाई नै उच्च शिक्षाका लागि विदेशिने आधार बनाउने गरिएको छ ।
डेढ वर्षअघि बेलायत, अस्ट्रेलिया र अमेरिकाले कडाइ गरेपछि ‘नो अब्जेक्सन लेटर’ लिनेको सफ््या ओरालो लाग्न सुरु भएको थियो । पछिल्लो समयमा नेपाली बिद्यार्थीहरु अध्ययनका लागि भारत जाने क्रम बढ्न थालेको छ । भारतीय बिश्वबिद्यालयहरुले नो अब्जेक्सन लेटर बिनैपनि भर्ना लिने भएकाले त्यसको यकिन तथ्याङ्क शिक्षा मन्त्रालयसँग पनि छैन् ।
‘आर्थिक अभावले पनि समस्या आएको छ । बैङ्कहरूले पनि शैक्षिक ऋण प्रभावित हुनेगरी कडाइ गरेका छन’ नेपाल शैक्षिक परामर्श संघका महासचिव राजेन्द्र बरालले भन्नुभयो- ‘विदेशीहरूले आंशिक काम गर्न नपाउने नीति ल्याइदिँदा नेपाली विद्यार्थीलाई समस्या परेको छ ।’