माओवादी अध्यक्ष प्रचण्ड भदौं १४ गतेपछि संसदीय दलको नेता त्याग्न तयार रहेको उनि निकट एकजना नेताले जनाएका छन्।तर प्रचण्ड त्यसअघि कुनै हालतमा उक्त पद नछाड्ने अडानमा रहेको उनका विश्वासपात्र मानिने पोलिटब्युरो सदस्य हरिवोल गजुरेलले बताए।उनले बीबीसीसँग भने, "शान्ति प्रकृया र सेना समायोजन अगाडी बढ्यो भने भदौं १४ गतेपछि संसदीय दलको नेता छाड्न अध्यक्ष तयार हुनुहुन्छ।"उपाध्यक्ष किरण र बाबुराम भट्टराई तथा महासचिव बादलबीचको गठबन्धनले संसदीय दलको नेता छाड्न प्रचण्डमाथि दवाव दिइरहेको छ। उक्त समूहका नेताहरुले आफूहरुले उठाएको मुद्दाको पक्षमा बहुमत केन्द्रिय सदस्यले...
सही गरेको दावी गरेका छन्।त्यतिकैमा प्रचण्ड भने नगल्ने संकेत नेता गजुरेलले दिए, "शान्ति र संविधान निश्चित नहुँदासम्म अध्यक्षले संसदीय दलको नेता छाड्नु हुन्न।"
सही गरेको दावी गरेका छन्।त्यतिकैमा प्रचण्ड भने नगल्ने संकेत नेता गजुरेलले दिए, "शान्ति र संविधान निश्चित नहुँदासम्म अध्यक्षले संसदीय दलको नेता छाड्नु हुन्न।"
तर उपाध्यक्ष भट्टराई निकट नेता राम कार्कीले भदौं १४ गतेसम्म नकुर्ने बताएका छन्।
उनले भने, "भदौं १४ पछि अहिलेको प्रकृया रहने ठेगान नभएकाले त्यतिन्जेलसम्म कुर्नु भनेको हराएको गाई सूर्यलाई दान दिनु जस्तै हो।"
आन्तरिक विवादकै कारण माओवादी केन्द्रिय समिति बैठक मंगलवार पनि भएन्।
गृह-विवाद
नेता गजुरेलले किरण पक्षको आग्रहमा बैठक स्थगित गरिएको र बैठकको ठेगान लगाउन प्रचण्डले बुधवार किरणसँग छलफल गर्ने जानकारी दिए। प्रचण्डले सचिव पोष्टबहादुर बोगटीलाई गृहमन्त्री बनाउन खोजेकाले सरकारमा पठाउने नयाँ टोलीबारे सहमति जुटन् नसकेको खवरहरु आएका थिए।
नेता हरिबोल गजुरेलले भने, "हामी त उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशलाई गृह सहित नेतृत्वमा पठाउन तयार नै छौं।"
तर सरकारमा नयाँ टोली पठाउने संस्थापनको प्रस्तावलाई गठबन्धनले शंकालु नजरले हेरिरहेको छ।
कार्यविभाजनको जोडदार मागलाई त्यसले ओझेलमा पारेको भन्दै एक नेताले त्यसबारे आफूहरुबीच छलफल गरिरहेको बताएका छन्।
त्यस तर्फ संकेत गर्दै पार्टीभित्र प्रचण्डका लागि प्रतिपक्ष जस्तो देखिएको गठबन्धनका एक पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले भने, "नयाँ प्रस्तावले केन्द्रिय समितिको बैठक अनिश्चित बनाइरहेको छ।"
पार्टीको भविष्य मात्र नभइ संविधान र शान्ति प्रकृयालाई धेरै हदसम्म प्रभावित गर्ने ठानिएकाले माओवादीको केन्द्रिय समितिको बैठकप्रति धेरैको चासो छ।
बैठक भने अन्यौलमा परिरहेको छ। स्रोत: BBC Nepali