माओवादी फुट्दै-फुट्दैनः प्रचण्डको दाबी

७ साउन-एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाल जारी अन्तर संघर्षले माओवादी विभाजनको शिकार नभई अझ एक ढिक्का भएर अगाडि बढ्ने दाबी गर्नुभएको छ ।प्रगतिशील नागरिक समाजद्वारा शनिबार राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित विशेष साक्षात्कारमा बोल्दै उहाँले आफूसँग भिन्न मत राख्ने उपाध्यक्षत्रय मोहन वैद्य, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापासँग कुनै पूर्वग्रह नभएको बताउनुभयो । निकै भावुक मुद्रामा प्रस्तुत हुनुभएका अध्यक्ष प्रचण्डले तीन उपाध्यक्ष र महासिचवको नामै किटेर प्रचण्ड आफ्नो  कसैप्रति पनि पूर्वाग्रह नभएको बताउनुभएको... 

हो ।प्रचण्डले एक महिनादेखि अवरुद्ध केन्द्रीय समिति बैठक आजदेखि सुचारु हुने जानकारी दिँदै बैठकले अन्तर संघर्षको सहि व्यवस्थापन गरी शान्ति र संविधान निर्माणको एजेण्डामा सिङ्गो पार्टीलाई एकतावद्ध गरेर लैजाने अठोट व्यक्त गर्नुभयो ।

अन्तर संघर्षका क्रममा केही गलत तरिका अपनाइनु विज्ञानसंगत नै भएको तर्क गर्दै उहाँले एकता, संघर्ष र रुपान्तरणको नियमलाई समातेर माओवादीमा अन्तर संघर्ष हुने र मिल्न पनि सक्ने बताउनुभयो । अराजकता र अस्तव्यस्तताले नयाँ विचारको जन्म हुने भन्दै प्रचण्डको जिकिर थियो ।

तत्कालिन कांग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले मृत्यु शैय्यामा छँदा अन्तिम अवस्थामा आफूलाई मुलुकको नेतृत्व अब तपाईको काँधमा आएको भनेको स्मरण गर्दै प्रचण्डले शान्ति प्रक्रियाको एकमात्र हस्ताक्षर कर्ताका नाताले आफूले त्यसलाई निष्कर्षमा पुर्‍याएरै छाड्ने अठोट व्यक्त गर्नुभयो । आफू पार्टी नेतृत्वमा आएदेखि नै परम्परागत सोचविरुद्ध खडा भएको भन्दै उहाँले मौलिक तरिकाले सुरु गरिएको आन्दोलनको फरक बाटोबाट माओवादी बिचलित नहुने स्पष्ट गर्नुभयो ।

कोइरालाले त्यतिबेला आफूलाई कित पार्टी बाहिरकाले भौतिक रुपमा सिध्याइदिन सक्ने वा पार्टीभित्रै रुने दिन आउने बताएकामा अहिले त्यस्तै भएको प्रचण्डको भनाइ थियो । अर्को एक फरक प्रसङ्गमा उहाँले कसैले शान्तिप्रक्रिया र संविधान निर्माणकार्य धरापमा पार्ने दुस्शासह गरे नेपाली जनताले त्यसको उचित जवाफ दिने उहाँको चेतावनी थियो ।


Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks
Namastesansarnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute