प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन अबरुद्ध

१० साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने भएको छ ।पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले पाँचबुँदे सहमति कार्यान्वयन नभएसम्म सदन चल्न नदिने निर्णय गरेको हो ।बैठकले सदन अवरुद्ध लगायतका जुनसुकै तरिका अपनाएर भएर भएपनि प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य पार्न संसदीय दललाई निर्देशन दिएको छ । बैठकपछि केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाले भन्नुभयो-’पाँचबुँदे सहमति अनुसार प्रधानमन्त्रीको राजीनामा र शान्ति प्रक्रिया अगाडि नबढेसम्म सदन अवरुद्ध गर्ने निर्णय भएको...


छ ।’कांग्रेसले मन्त्रिपरिषद् पुनर्गठन गर्ने माओवादी प्रस्ताव पाँचबुँदे सहमति विपरित र शान्ति प्रक्रियालाई अलमलमा पार्ने षड्यन्त्र भएको ठहर गरेको छ ।

बैठकमा सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, संसदीय दलका नेता रामचन्द्र पौडेल लगायतले पाँचबुँदे सहमति कार्यान्वयनका लागि प्रधानमन्त्री स्वयंम गम्भीर नभएको आरोप लगाउनु भएको थियो ।

केन्द्रीय समितिको बैठकमा सभापति कोइरालाले हालै भएको आफ्नो अमेरिका, युरोप, भारथत लगायतका देशको भ्रमणबारे जानकारी गराउनु भएको थियो ।


Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks
Namastesansarnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute