१३ साउन-दुई दिनको बयान र दुई दिनकै थुनछेक बहसपछि सुडान घोटालाका आरोपी ठेकेदार शम्भु भारतीसँग विशेष अदालतले १५ करोड धरौटी मागेको छ । धरौटी बुझाउन नसकेपछि भारतीलाई शुक्रबार कारागार चलान गरिएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की र सदस्य न्यायाधीशहरू ओमप्रकाश मिश्र तथा केदारप्रसाद चालिसेको इजलासले ठेकेदार भारती भाग्न सक्ने भन्दै राहदानी रोक्का गर्न र उपत्यका छाड्न बन्देज लगाउन परराष्ट्र र गृह मन्त्रालयका नाममा आदेशसमेत जारी गरेको छ । परराष्ट्रको नाममा जारी आदेशमा भनिएको छ, 'भारती विदेश भागिजान सक्ने सम्भावना भएकाले राहदानी ...
जारी नगर्न र जारी भइसकेको भए रोक लगाउनू त्यस्तै, 'खुला सिमाना भएका कारण राहदानीविना नै भारततर्फ भागिजाने सम्भावना भएकाले मुद्दाको टुंगो नलागेसम्म काठमाडौं उपत्यकाबाहिर जान नपाउने गरी स्थान छाड्न बन्देज लगाउनू,' गृहको नाममा जारी आदेशमा भनिएको छ ।
जारी नगर्न र जारी भइसकेको भए रोक लगाउनू त्यस्तै, 'खुला सिमाना भएका कारण राहदानीविना नै भारततर्फ भागिजाने सम्भावना भएकाले मुद्दाको टुंगो नलागेसम्म काठमाडौं उपत्यकाबाहिर जान नपाउने गरी स्थान छाड्न बन्देज लगाउनू,' गृहको नाममा जारी आदेशमा भनिएको छ ।
विशेष अदालतले सुडान घोटालाका आरोपी ठेकेदार भारती कसुरमा संलग्न रहेको स्पष्ट भएको दुई दिनको थुनछेक बहसपछि जनाएको छ । अदालतको आदेशमा भनिएको छ, 'भारतीको भूमिका सामान्य प्रतिनिधिका रूपमा मात्र नभई आरोपित कसुरमा संलग्नता रहेको तथ्य स्पष्ट हुन आएको छ ।'
सुडान मिसनमा खटिएका प्रहरीका लागि आफूले एसोर्ड रिस्क कम्पनीको तर्फबाट दुई प्रतिशत कमिसनमा सप्लायर्सको मात्र काम गरेको बयान भारतीले दिएका छन् । तर, अदालतले कमिसनका आधारमा मात्र उनले काम गरेको मान्न नसकिने तत्काल ठहर गरेको छ । आदेशमा भनिएको छ, 'दुई प्रतिशत कमिसन खाने एजेन्ट मात्र भारती नभई सप्लाई गर्ने सामानको दररेट उपलब्ध गराउने, आप\mनो मिलुवा बिडमा नपरेको देशको सेकेन्ड ह्यान्डको एपिसी सप्लाई गर्ने, एलसीलगायत आफ्नो हितमा करार संशोधन गर्ने-गराउने काम गरेको तथ्य मिसिल संलग्न कागजातबाट स्पष्ट भएको देखियो, यी तथ्यको आधारमा भारती सामान्य प्रतिनिधि भएको मान्न सकिँदैन ।'
आरोपित ठेकेदार भारतीले बयानमा कमिसनका लागि मात्र काम गरेको र अन्य कारोबारमा आफ्नो संलग्नता नरहेको दाबी गरे पनि प्रहरी प्रधान कार्यालयबाट तीन करोडभन्दा बढी रकम बुझेको प्रमाण अदालतमा पेस भएको छ । भारतीले सो रकम मूल ठेकेदार माइकल राइडरलाई बुझाएको भन्दै भरपाई पनि प्रहरी प्रधान कार्यालयमा पेस गरेका थिए ।
अदालतको आदेशपछि धरौटी बुझाउन नसकेका भारतीले थुनुवा पुर्जी बुभ\mदै गर्दा आदेशप्रति चित्त नबुझाएर पुनः पढ्न अदालतका कर्मचारीलाई आग्रह गरेका थिए । कर्मचारीले पनि १५ करोड धरौटी माग भएको र उपत्यका नछाड्न दिइएको आदेश दिएको दोहोर्याएर पढेपछि उनले थुना पुर्जी बुझेका थिए । उनले अदालतको आदेशको सम्मान गर्नेसमेत बताए ।
यसैबीच, सुडान प्रकरणकै अन्य आरोपी पूर्वएआइजीसहित तीन प्रहरी अधिकृतलाई शुक्रबार बयान सकिएपछि अदालते न्यायिक हिरासतमा पठाएको छ । पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक -एआइजी) श्यामसिंह थापा, निलम्बित एसएसपी शिव लामिछाने र एसपी नीरजबहादुर शाहीलाई न्यायिक हिरासतमा पठाइएको हो ।
पूर्वआइजिपी राणाको धरौटीका लागि १२ आफन्तको जेथा
सदरखाना डिल्लीजबार कारागारको 'ख' ब्लगमा झन्डै एक सातादेखि थुनामा रहेका सुडान प्रकरणका आरोपित पूर्वआइजिपी ओमविक्रम राणाको धरौटीका लागि उनका छोरी, बहिनीसहित १२ जना आफन्तले आफ्नो नामको जेथा राख्न विशेष अदालतमा बुधबार निवेदन दिएका छन् । अदालतले राणासँग १५ करोड धरौटी मागेको थियो ।
स्रोतका अनुसार राणाको धरौटीका लागि निवेदन दिनेमा उनका आफन्त दिवाकर राणा, निता राणा, पुनितविक्रम राणा, स्वस्तिका राणा, ऋतिका राणा, पुस्तिका राणा, स्वरूपा राणा, स्वीकृति राणा, विद्या शाह, तारा थापा, नम्र शाह र उपमा शाह छन् । उनीहरूले ललितपुर, नगरकोट र काठमाडौं क्षेत्रपाटीको जग्गाको लालपुर्जासहित निवेदन दिएका छन् । लालपुर्जासहित निवेदन आएपछि अदालतले जग्गा मूल्यांकन गर्न सम्बन्धित मालपोत कार्यालयहरूमा पत्राचार गरेको छ । स्रोत: नयापत्रीका