राणा र भारती अदालतले मागेको धरौटी बुझाएर बुधबार थुनामुक्त

साउन १९-सुडान घोटालाका मुख्य अभियुक्त पूर्वप्रहरी महानिरीक्षक (पूर्वआईजीपी) ओमविक्रम राणा र ठेकेदार शम्भु भारती विशेष अदालतले मागेको धरौटी बुझाएर बुधबार थुनामुक्त भएका छन् ।विशेष अदालतले मागेको १५ करोड रुपियाँ धरौटीबापत राणाले आˆनो तथा परिवारजनको नाममा रहेको काठमाडौं र ललितपुरस्थित जग्गा जमानी राख्नुभएको थियो । ठेकेदार भारतीको भने सिभिल र सिद्धार्थ बैङ्कले ग्यारेन्टी बसेको थियो ।सुडान घोटालाका अभियु्क्तद्वय राणा र भारती तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको भन्दै न्यायाधीशत्रय गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले दुवैजनासँग... 

१५/१५ करोड रुपियाँ धरौटी मागेको थियो । त्यति रकम धरौटी बुझाउन नसक्दा राणा र भारती डिल्लीबजार जेलमा थुनिनुभएको थियो ।

पूर्वआईजीपी राणाले १५ करोड रुपियाँ धरौटीबापत आˆनो तथा स्वरूपा राणाको नाममा रहेको कुपण्डोल र झम्सीखेलस्थित क्रमशः पाँच रोपनी सात आना र दुई रोपनी १० आना जग्गासहित ललितपुरको सात कित्ता जग्गा र काठमाडाँैको क्षेत्रपाटीसहित विभिन्न स्थानमा रहेको १५ कित्ता जग्गा जमानी राख्नुभएको छ । यी सबै जग्गाको सरकारी मूल्याङ्कन १५ करोड १० लाख रहेको विशेष अदालतले जनाएको छ ।

गत साउन ८ गते अदालतमा हाजिर हुनुभएका राणाले एक दिन सिंहदरबारस्थित महानगरीय प्रहरी प्रभागको हिरासत तथा नौ दिन सदरखोर डिल्लीबजारमा बिताउनुभयो । यसैगरी गत साउन १२ गते अदालतमा हाजिर हुनुभएका भारतीले एक दिन प्रहरी हिरासत र पाँच दिन डिल्लीबजार जेलको हावा खानुुपर्‍यो ।

भारतीलाई भने प्रहरीले सँगै लिएर गएका थिए । विशेष अदालतले काठमाडाँै उपत्यका बाहिर जान बन्देज लगाएपछि सुरक्षाकर्मीले निगरानीमा राखेको अदालत स्रोतले जनाएको छ ।

अदालतले ठेकेदार भारती भाग्नसक्ने सम्भावना रहेकाले राहदानी रोक्का गरी काठमाडाँै उपत्यका बाहिर जान प्रतिबन्ध लगाएको विशेष अदालतका उपसचिव मनोज केसीले बताउनुभयो । आदेशानुसार परराष्ट्र र गृह मन्त्रालयलाई पत्राचार गरिसकिएको उहाँले जानकारी दिनुभयो ।

ठेकेदार भारतीलाई सुरक्षा निगरानीमा राखिनेछ । यदि भारती भागेमा सम्बन्धित सुरक्षा निकायका पदाधिकारी जिम्मेवार ठहर्ने र आवश्यक कानुनी कारबाही हुने बताइएको छ । भारती एपीसीलगायतका सामग्री आपूर्तिकर्ता कम्पनी लन्डनस्थित एस्योर्ड रिस्कस लिमिटेडका नेपाल प्रतिनिधि हुन् ।

सुडानको डार्फरमा शान्ति स्थापनार्थ खटिएका नेपाल प्रहरीका लागि एपीसीलगायतका सामग्री गुणस्तरहीन पठाएर करिब २९ करोड रुपियाँ अनिमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सामग्री आपूर्तिको ठेक्का एस्योर्ड रिस्कस लिमिटेड लिएको थियो ।

यसैबीच, सुडान घोटालाका एक अभियुक्त पूर्वप्रहरी नायव उपरीक्षक -पूर्वडीएसपी) हरिहर श्रेष्ठलाई विशेष अदालतले साधारण तारेखमा छाडेको छ । तत्काल प्राप्त प्रमाणबाट कसुरदार नदेखिएकाले पछि ठहरेबमोजिम हुने गरी साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको उपसचिव केसीले बताउनुभयो ।

खरिद बोर्डको २०६४ भदौ २५ र २६ गतेको बैठकमा सहभागी भइ हस्ताक्षर गरेको भन्दै अख्तियारले श्रेष्ठलाई अभियुक्त बनाएको थियो । तर श्रेष्ठले आफू भदौ २४ देखि २८ गतेसम्म अस्पतालमा भर्नारत् रहेको र आफूलाई पछि सही गराइएको बयानसहित अदालतमा कागजात पेस गर्नुभएको थियो ।

मेडिकेयर हस्पिटल एन्ड रिसर्च सेन्टरको बेड नम्बर ४२७मा उपचारत् रहेको कागजात श्रेष्ठले अदालतमा पेस गर्नुभएको थियो । त्यस कागजातसमेतको आधारमा इजलासले श्रेष्ठलाई साधारण तारेखमा रिहा गरेको बताइएको छ ।


Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks
Namastesansarnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute