प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सहमतिको विकल्प तयार नभई राजीनामा नदिने संकेत गर्नु भएको छ ।प्रमुख तीन दलका शीर्ष नेताहरुको आज विहान बसेको बैठकमा खानालले दलहरुबीच राष्ट्रिय सहमतिको विकल्प तयार नभए राजीनामा नदिने बताउनु मनसाय व्यक्त गर्नु भएको हो ।अहिलेकै अवस्थामा आफूले राजीनामा दिए आगामी भदौ १४ सम्ममा सहमतिको सरकार नबन्ने र त्यस्तो अवस्थामा कामचलाउ सरकारले संविधानसभाको म्याद थप्दा बैधानिकताको प्रश्न उठ्ने उहाँको तर्क छ ।‘प्रधानमन्त्रीले भदौ १४ नजिकिँदै गरेको चर्चा गर्दै राजीनामा दिन काम चलाउ सरकारले संविधानसभाको म्याद थप्दा त्यसको...
वैधानिकतामा प्रश्न उठ्छ भन्नुभयो’-बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले भन्नुभयो । यसअघि प्रधानमन्त्री खनालले आजसम्ममा शान्ति प्रक्रियाका मूलभूत काम सम्पन्न गर्ने गरी विश्वासको वातावरण नभए राजीनामा दिने घोषणा गर्नु भएको थियो ।
वैधानिकतामा प्रश्न उठ्छ भन्नुभयो’-बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले भन्नुभयो । यसअघि प्रधानमन्त्री खनालले आजसम्ममा शान्ति प्रक्रियाका मूलभूत काम सम्पन्न गर्ने गरी विश्वासको वातावरण नभए राजीनामा दिने घोषणा गर्नु भएको थियो ।
बैठकमा बैठकमा माओवादी अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाबारे केन्द्रीय समितिले गरको निर्णय जानकारी गराउँदै नयाँ कुनै प्रस्ताव नआउने जानकारी गराउनु भएको थियो । नेता एमाले नेता भीम रावलले भन्नुभयो-’यसअघि केन्द्रीय समितिले पारित गरेको निर्णयबाहेक माओवादीबाट कुनै नयाँ प्रस्ताव आएन, प्रधानमन्त्रीबाट शान्ति प्रक्रिया कार्यान्वनयनमा कुनै नयाँ खाका प्रस्तुत भएन ।’
तीन दलको बैठकमा कांग्रेसले भने प्रधानमन्त्रीले पाँचबुँदे कार्यान्वयन गर्न आलटाल गरेको र आफ्नो घोषणाबाट पछि हटेको भन्दै आपत्ति जनाएको छ । यस्तै कांग्रेसले बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र साना दलहरुको गठवन्धनलाई समेत सहभागी गराउनु पर्ने अडान राखेपछि कुनै सहमति भएन ।
कांग्रेस नेता पौडेलले भन्नुभयो-’हामीले महत्वपूर्ण निर्णय गर्दा पाँचै दल (मधेसी र साना दलको मोर्चा) बसेर गर्नुपर्छ भन्यौँ, तर प्रधानमन्त्रीले म विचार गरौंला भन्नुभयो ।’