भाद्र २३ - पार्टीमा आन्तरिक विवाद चर्किरहेकाबेला माओवादी शिर्ष नेताले भने एक ढिक्का भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।उनीहरुले बिचारमा संघर्ष चले पनि कुनै हालतमा पार्टी नफुट्ने दाबी समेत गरे । अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षहरु मोहन बैद्य, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले तीन वटै नेता एक ढिक्का हुनुको अर्को विकल्प समेत नभएको बताए ।गोरखा सदरमुकामको हरमाटरी खेलकुद मैदानमा शुक्रबार आयोजित सुरेश वाग्ले तथा भिमसेन पोखरेल १२ औं स्मृति सभालाई सम्बोधन गर्दै चारै नेताले उक्त कुरा बताएका हुन् ।'माओवादी पार्टी जस्तो सुकै अप्ठ्यारो अवस्थामा पनि विभाजन हुन...
सक्दैन,' अध्यक्ष दाहालले भने, 'सरकार निर्माणमा बाबुराम भट्टराईको नाममा गम्भीर बलिदानी गरे । पार्टी एकताको लागि पनि बलिदानी गरेर देखाउने छु ।'
सक्दैन,' अध्यक्ष दाहालले भने, 'सरकार निर्माणमा बाबुराम भट्टराईको नाममा गम्भीर बलिदानी गरे । पार्टी एकताको लागि पनि बलिदानी गरेर देखाउने छु ।'
दाहालले कांग्रेस र एमाले फुटेजस्तो माओवादी फुट्न सजिलो नभएको दावी गरे । उनले भने, 'पार्टी फुटाउनेलाई जनयुद्धमा रगत बगाएका शहिदहरुले चिहानबाट खबरदारी गर्नेछन् । त्यसको सामना गर्न कोहि तयार छ ?'
उपाध्यक्ष बैद्यले पार्टीभित्र अन्तर संघर्ष चलेतापनि माओवादीसँग ठूलो अपेक्षा मुलुकको रहेकाले एकताबद्ध ढंगले अगाडी बढाउने बिश्वास दिलाए । अन्तरसंघर्षलाई इंगित गरेका उनले भने, 'जनताले रगत बगाएर ल्याएको उपलब्धी रक्षा गर्न सकिँदैन की भन्ने डर मेरो हो ।'
त्यसलाई सहि ढंगले हल गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूहरुको प्रयत्न भइरहेको वैद्यको भनाइ छ । 'माओवादी पनि एमालेकरण त हुने होइन ? राष्ट्रिय स्वाधिनताको रक्षा र जनताको अधिकारका निम्ति मैले कुरा उठाइरहेको छु' उनले भने, 'तर पार्टी फुट्दैन एक ढिक्का भएर जाने छ ।'
अर्का उपाध्यक्ष तथा प्रधानमन्त्री भट्टराईले पनि माओवादी शिसाको घर नभई फलामको घर भएको दावी गर्दै भने, 'प्याट्ट फुट्नेवाला छैन । माओवादी फलामको सिसा हो ।' पार्टीभित्रको बहस आमुल परिर्वतन, विकास र जनताको पक्षमा रहेको भन्दै जनताको साथ रहेसम्म कसैले रोक्न नसक्ने जिकिर भट्टराईको थियो ।
सभामा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शहिदको सपना पुरा गर्न सिंगो माओवादी पार्टी दृढता पुर्वक लड्ने धारणा ब्यक्त गर्नुभयो । 'हाम्रो देश शहिदका रगतले सिंचेको माटो हो,' उनले भने, 'उनीहरुको सपना पुरा गर्न एक भएर माओवादी पार्टी अगाडी बढ्नेछ ।'
चार शिर्षस्थ नेता सभालाई सम्बोधन गर्न काठमाडौंबाट हेलिकोप्टर चढी गोरखा पुगेका हुन् । उनीहरुको साथमा प्रधानमन्त्री भट्टराईका बाबु भोजराज समेत सँगै थिए ।
सभामा सहभागी हुन आएका प्रधानमन्त्री भट्टराई र उपप्रधानमन्त्री श्रेष्ठले कर्मचारीलाई निर्देशन दिए । जनता राहत कार्यक्रम अनुसार र शुसासन कायम गर्ने खालका काम गर्न स्थानिय कर्मचारीलाई प्रधानमन्त्री भट्टराई र उपप्रधान श्रेष्ठले निर्देशन दिएका हुन् ।
सभामा सहभागी हुन गोरखा जिल्लाका विभिन्न गाविस र छिमेकी जिल्ला, तनहुँ, लम्जुङ, चितवन, कास्कीबाट पनि सर्वसाधरणहरु गोरखा आएका थिए । सभामा करिब १० हजार भन्दा बढी सर्वसाधरण तथा माओवादी कार्यकर्ताको सहभागी रहेको स्मृति सभाको आयोजक माओवादी गोरखाले दाबी गरेको छ ।
स्रोत: कान्तिपुर














Nepalese Rupee Converter

