३ असोज, न्यूयोर्क । संयुक्त राष्ट्रसंघको ६६ औं महासभामा भाग लिन १३ सदस्यीय नेपाली भ्रमण दलको नेतृत्व गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई न्यूयोर्क आइपुग्नुभएको छ ।स्थानीय समयअनुसार सोमबार अपरान्ह ३ बजे अर्थात नेपाली समयअनुसार मंगलबार बिहान करिव १ बजे प्रधानमन्त्रीसहितको टोली न्यूयोर्कको जोन अफ केनेडी अन्तराष्ट्रिय बिमानस्थलमा आइपुग्नुभएको हो । प्रधानमन्त्रीसहितको टोलीलाई संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि तथा अमेरिका लागि नेपाली राजदूत लगायतका अधिकारीले बिमानस्थलमा स्वागत गर्नुभयो ।म्यानहाटनस्थित होटल ह्यातमा रहनुभएका प्रधानमन्त्रीले नेपाली समय अनुसार आज...
राती ८ बजेबाट महासभामा सहभागीता जनाउनुहुने छ ।
राती ८ बजेबाट महासभामा सहभागीता जनाउनुहुने छ ।
महासभाका क्रममा प्रधानमन्त्री भट्टराईले बिभिन्न अन्तराष्ट्रिय फोरमहरुलाई सम्बोधन गर्नुका साथै बिभिन्न मुलुकका सरकार प्रमुख, बिदेशमन्त्री तथा राष्ट्रप्रमुखहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सेप्टेम्बर २४ तारिखमा महासभालाई सम्बोधन गर्नुहुने प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री, राष्ट्रसंघका महासचिव, चिनियाँ प्रधानमन्त्री लगायतलाई भेटने कार्यक्रम रहेको न्युर्योक स्थित नेपालको संयुक्त राष्ट्रसंघीय मिसन कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीको विस्तृत कार्यतालिका
२० सेप्टेम्बर २०११
बिहान १० बजे : महासभा बैठक
बिहान ११ बजे : पोषण सम्बन्धी बैठक
अपरान्ह १२ देखि दिउसो २ बजेसम्म : इनर्जी सम्बन्धी बैठक
दिउसो साढे ३ बजे : नर्वेली प्रधानमन्त्रीसंग भेट , वातावरण र अन्तर्राष्ट्रिय विकाशबारे छलफल
दिउसो ४ बजे : क्युवाका विदेशमन्त्रीसंग भेट
दिउसो साढे ४ बजे : युएनएचसिआरका नाभी पिलेसंग भेट
बेलुका पौने ५ बजे : वासिंटन पोष्टसंग अन्तरवार्ता
बेलुका साढे ६ बजे : हायात होटेलमा रिसेप्सन
२१ सेप्टेम्बर २०११
बिहान ९ बजे : अमेरिकी राष्ट्रपतिले सम्बोधन गर्ने राष्ट्रसंघको महासभा बैठक
बिहान साढे १० बजे : हेलेन क्लर्कसंग बैठक
बिहान साढे ११ बजे : भुटानी प्रधानमन्त्रीसंग भेट
अपरान्ह १२ बजे : श्रीलंकाका राष्ट्रपतिसंग भेट
दिउसो सबा ११ बजे : बान कि मुनसंग बिहानको खाना
दिउसो ३ बजे : बोलिभियाका राष्ट्रपतिसंग भेट
दिउसो पौने ५ बजे : युनिसेफका कार्यकारी निर्देशकसंग भेट
बेलुका ७ बजे : बाराक ओबामाले दिने रिसेप्सनमा सहभागी हुने
२२ सेप्टेम्बर २०११
बिहान ८ बजे : न्युक्लियर सुरक्षाबारे उच्चस्तरीय बैठक
बिहान ९ बजे : विशेष छलफल
बिहान साढे ११ बजे : स्लोभानियाका राष्ट्रपतिसंग बैठक
अपरान्ह सबा १२ बजे : लिन पास्कोसंग बैठक
दिउसो १ बजे : राष्ट्रसंघका अधिकारीसंग उच्चस्तरको बैठक
दिउसो ३ बजे : कनेक्टिकटमा आफ्ना बाल्यकालका गुरुसंग नीजि भेट
२३ सेप्टेम्बर २०११
बिहान सबा १० बजे : फिनल्याण्डका राष्ट्रपतिसंग बैठक
बिहान साढे १० बजे : मालदिभ्सका उपराष्ट्रपतिसंग बैठक
बिहान ११ बजे : मौरिटियसका प्रधानमन्त्रीसंग बैठक
अपरान्ह १२ बजे : न्यु स्कुलमा मार्क्सबादबारे प्रबचन
दिउसो ३ बजे : युएस अन्डर सेक्रेटरीसंग छलफल
दिउसो ४ बजे : युएन लाइब्रेरीमा पत्रकार सम्मेलन
बेलुका ५ बजे : युएएफपिएका कार्यकारी निर्देशकसंग बैठक
बेलुका पौने ६ बजे : विश्व शान्तिसंगको बैठक
बेलुका साढ् ६ बजे : मंगोलियाको स्थायी नियोगसंग रिसेप्सन
बेलुका ७ बजे : नेपाल मिसनले चियान फेडेरेशनमा गर्ने कार्यक्रममा सहभागी
२४ सेप्टेम्बर २०११
बिहान ९ देखि १ बजे भित्र : राष्ट्रसंघमा संबोधन । त्यही समय साढे १० बजे भारतीय प्रधानमन्त्रीसंग भेट ।
दिउसो साढे ४ बजे : कोलम्बियाका विदेशमन्त्रीसंग भेट ।
दिउसो सवा ५ बजे : राष्ट्रसंघका महासचिवसंग भेट ।
बेलुका ६ बजे : चिनिया टोलीसंग भेट ।
राती पौने १२ बजे : नेपालका लागि प्रस्थान ।
स्रोत: अनलाइन
स्रोत: अनलाइन