बुद्ध एयरको विमान दुर्घटनामा परी १९ को मृत्यु

८ असोज माउन्टेन फ्लाइटबाट र्फकँदै गरेको बुद्ध एयरको बीचक्राफ्ट विमान ललितपुरको विशंखुनारायण र लामाटार गाविसको बीचमा पर्ने कोटडाँडामा आज बिहान पौने ८ बजे दुर्घटनाग्रस्त भएको छ ।बुद्ध एयरको नाइन एन-एइके कलसाइनको १९०० डी विमान खराब मौशमका कारण दुर्घटना भएको हो । दुर्घटनामा परी विमानमा सवार १९ जनाकै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख एसपी भोगबहादुर थापाले जानकारी दिनुभयो । मृत्यु हुनेमा चालक दलका तीनसहित छजना नेपाली छन् । दुर्घटनामा परी ज्यान गुमाउने नेपालीहरुमा चालक दलका सदस्यहरु क्याप्टेन जेबी ताम्राकार, को-पाइलट पद्मा अधिकारी, एयर होस्टेस अस्मिता श्रेष्ठ... 


यात्रुहरु शारदा कर्माचार्य, जंगजन कर्माचार्य र निराजन कर्माचार्य रहेको बुद्ध एयरले जनाएको छ । अन्यको घटनास्थलमै र निराजनको उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका निराजनलाई स्थानीयले जीवितै उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पताल ल्याएकामा चिकित्सकले तत्कालै मृत घोषित गरेका थिए । उनी ललितपुरको जावलाखेल-४ का स्थायी बासिन्दा रहेको बुझिएको छ । विमान दुर्घटनामा १० जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुने भारतीय नागरिकमा पंकज मेहता, छाया मेहता, एच डी नागराज, एल नागराज, आई नागराज, एस नागराज, डी. तालोसुबि्रसम, डीपी तालोसुबि्रसम, नागराज तालोसुबि्रसमर पी लातो सुबि्रसम छन् । उनीहरु सबै भारतको तामिल्नाडु राज्यका बासिन्दा रहेको बताइएको छ । यस्तै अमेरिकी नागरिकहरु एन्डे्रवेड र तानाली लेइलन तथा जापानी नागरिक मिस जेजिना तोसिनोरुको पनि दुर्घटनामा ज्यान गएको छ ।

ठूलो आवाजका साथ विमान जमिनमा झरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । स्थानीय कुमार श्रेष्ठले विमान खस्नुअघि आकाशमै आलगागी भएको बताए । घटनालगत्तै स्थानीय र प्रहरीले घटनास्थल पुगेर उद्धार गरेका थिए । एसपी थापाका अनुसार विमान टुक्राटुक्रा भएको छ भने कम दुरीबाट खसेका कारण मृतकहरुको शव सग्लै अवस्थामा भेटिएको छ । स्थानीयबासी र प्रहरीले घटनास्थलमा यत्रतत्र छरिएका मृतकका शवहरुको संकलन गरेका थिए । शवहरु नेपाली सेनाको हेलीकोप्टरमार्फत अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको थियो । अहिले सबै शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याएको छ । हुस्सुका कारण मौसम खराब हुँदा डाँडामा ठोक्किएर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुमान गरिएको छ । नागरिक उड्डयन प्राधिकरण अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहान ६ बजेर ४९ मिनेटमा उडेको उक्त विमान अन्तिमपल्ट साढे सात बजेर ३१ मिनेटमा नियन्त्रण कक्षको सम्पर्कमा आएको थियो । सम्पर्कविहीन भएको करिब २० मिनेपछि विमान दुर्घटनामा भएको अनुमान गरिएको छ । चालक दलका सदस्यले विमानमा खराबी आएको सूचना कन्ट्रोल रुमलाई गराएका थिए । 

राडारमा सम्पर्क भएपछि रन वे-२ मा आपतकालीन अवतरणका लागि अनुमतिसमेत दिइसकिएको अवस्थामा विमान दुर्घटना भएको बताइएको छ । उड्डयन प्राधिकरणका अनुसार अन्तिम सम्पर्क हुँदा विमानस्थल र दुर्घटनाग्रस्त विमानबीचको दुरी मात्रै दुई मिनेटको थियो । हराएको विमानबारे माउन्टेन फ्लाइटबाट र्फकँदै गरेको बुद्धकै अर्को विमानले देखेर सबैभन्दा पहिले विमानस्थल नियन्त्रण कक्षलाई जानकारी गराएको थियो ।सुरक्षित विमान सेवाका रुपमा लिइने बुद्ध एयरको विमान दुर्घटना भएको यो पहिलोपटक हो । घटनपछि बुद्ध एयरले सूचना जारी गरी आजका लागि पूर्वनिर्धारित सबै उडान रद्ध गरिएको जनाएको छ । मौशम विद्हरुले खराब मौशमबारे जानकारी हुँदाहुँदै पनि विमान उडाएइकाले दुर्घटना भएको औंल्याएका छन् ।छानविन टोली गठन यसैबीच सरकारले बुद्ध एयरको विमान दुर्घटनाबारे छानविन गर्न नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिरीक्षक राजेशकुमार दलीको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको छ । टोलीलाई एक साताभित्र दुर्घटनाबारे अध्ययन गरी विस्तृत विवरण बुझाउन भनिएको छ ।


Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks
Namastesansarnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute