आश्विन १८ - सरकारले दसैंको अबसर पारेर लडाकुको मासिक भत्ता बृद्धि गरेपछि यहांको शीविरमा खुशीयाली छाएको छ ।साउनदेखिको भत्ता एक मुष्ट पाएपछि शक्तिखोर स्थित तेस्रो डिभिजन शिविरका धेरै लडाकुलाई घर जाने चाहना बढेको छ । तर, शीविरको नियम बमोजिम १२ प्रतिशत लडाकुले मात्र बिदा पाउने भएकोले भत्ता बृद्धि सहितको दसैंको खुशीयाली शिविर भित्र मनाउने तयारी भएको डिभिजनले जनाएको छ ।तयारी अन्तर्गत अष्टमी, नवमी र दशमीको दिनमा आआफ्ना बि्रगेडमा सबै लडाकु भेला भइ मनोरञ्जन गर्ने कार्यक्रम रहेको छ । यहां तिन सहायक र एक मुख्य शिविरमा ५ वटा बि्रगेड रहेका छन् । एक बि्रगेड अन्तर्गत...
करिब ७ सय जना र मुख्यालय कार्यालय र अस्पतालमा केहि लडाकु कार्यरत छन् । टिकाको दिनमा सर्बसाधारण र लडाकुका इष्टमित्रलाई आउजाउ गर्न शीविरमा खुल्ला गर्ने तयारी भएको डिभिजनले जनाएको छ ।
करिब ७ सय जना र मुख्यालय कार्यालय र अस्पतालमा केहि लडाकु कार्यरत छन् । टिकाको दिनमा सर्बसाधारण र लडाकुका इष्टमित्रलाई आउजाउ गर्न शीविरमा खुल्ला गर्ने तयारी भएको डिभिजनले जनाएको छ ।
दसैंमा घर जान नपाएका साथीहरुको जमघट र रमाइलो कार्यक्रम गर्न अबसर दिएका छौं, कल्याण अनिष स्मृति बि्रगेडका सहकमाण्डर धनन्जय शर्माले कान्तिपुरसंग भने,'घर जान नपाउनेका लागि छुट्टै खुशीयाली कार्यक्रम राखेका छौं ।' दशैंका तिन दिन सबै एकै ठाउंमा भेला भइ खानपिनको तयारी भएको उनले जानकारी दिए । यसका लागि खशी, बोका र रांगाको खरिद भइसकेको छ, अन्य खानेकुराको अर्डर गर्देछौं, उनि भन्छन्,'भत्ताको बृद्धि र दशैंको खुशीयालीको संयोग हो यो ।' दशैंमा घर जान नपाउनेका लागि तिहारमा जाने अबसर दिइने उनले बताए ।
भत्ता बृद्धि गरेर सरकारले शान्तिप्रतिको उत्तरदायित्व निर्बाह गरेको छ, शर्माले भने,'तर भत्ता र तलब संगसंगै बढाउनु पर्दथ्यो ।' सरकारले लडाकुले पाउंदै आएको भत्तामा ३० प्रतिशतले बृद्धि गरिसकेको छ । अब प्रत्येक लडाकुले तलब सहित मासिक ६ हजार ५ सय रुपंया बुझ्नेछन् ।
डिभिजन मुख्यालयका अधिकांश लडाकुहरुले भत्ता बृद्धिका बारे सरकारले सकारात्मक कामको शुरुवात गरेको प्रतिक्रिया दिए । ढिलै भएपनि भत्ता बढेकोमा खुशी लागेको छ, एक लडाकु अनिता लामाले भनिन्,'तर भत्ता मात्र होइन, भबिस्यको ग्यारेन्टी हुनेगरि समायोजनको काम छिटो हुनुपर्यो ।' तर, केहि लडाकुले यो भत्ता थोरै भएको प्रतिक्रिया दिएका छन् । निजामति कर्मचारीलाई ४३ प्रतिशतसम्म भत्ता बढाएकोमा हामीलाई सौताने ब्यबहार भएको छ, डिभिजन मुख्यालयका बि्रगेड सहायक कमाण्डर खीमबहादुर बुढाथोकीले कान्तिपुरसंग भने,'कि तलब बढाउनु पर्दथ्यो, तलब नै थोरै भएकोले भत्ता ५० प्रतिशत बृद्धि हुनुपर्दथ्यो ।' तर पनि सरकारको पहिलो कदम स्वागतयोग्य रहेको उनले बताए ।
त्यसैगरी, यसपालीदेखि यहांको शिविरमा माओबादी सैन्य बिभागले टिका लगाउन शिविर भित्र आउजाउमा खुकुलो बनाउने भएको छ । वरपर गाउंले लगायत र आआफ्ना इष्टमित्रले हाम्रा साथीहरुसंग टिका लगाउन र लगाइदिन पाउनेछन्, कमाण्डर शर्माले भने,'सबैलाई दशैंमा रमाइलो बनाउन स्वतन्त्रता दिएका हौं ।' घर जान नपाउने लडाकुले गाउंका मान्यजनसंग गएर टिका लाउन पाउने उनले बताए । दशैंको अबसर पारेर डिभिजनले लडाकु बिच बिभिन्न खेलकुद प्रतियोगिता आयोजना गरेको छ । स्रोत: कान्तिपुर














Nepalese Rupee Converter

