प्रधानमन्त्री डा. बाबुराम भट्टराई चारदिने भारत भ्रमणमा

प्रधानमन्त्री डा. बाबुराम भट्टराई चारदिने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुग्नु भएको छ । भट्टराईलाई स्वागत गर्न भारतीय राजदूत जयन्त प्रसाद लगायत इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थल पुग्नु भएको थियो । प्रधानमन्त्री भट्टराई ३७ सदस्यीय भ्रमण टोलीकासाथ नेपाल बायुसेवा निगमको विमानमार्फत मध्याहृन साढे १२:४५ बजे त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।नयाँदिल्ली प्रस्थान गर्नुअघि अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री डा. भट्टराईले आफ्नो भ्रमण सदभावना भ्रमण मात्र हुने दोहोर्‍याउनुभयो । भ्रमणका क्रममा द्विपक्षीय सम्बन्धसुधारको प्रयास गरिने... 


तथा कुनै पनि विवादित सन्धिसम्झौतामा हस्ताक्षर नहुने उहाँको भनाई थियो । प्रधानमन्त्रीलाई बिदाई गर्न कार्यवाहक प्रधानमन्त्री गच्छदार, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, मन्त्री तथा सभासद्हरु र उच्च पदस्थ सरकारी कर्मचारी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

भ्रमण दलमा प्रधानमन्त्री पत्नी हिसिला यमी, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी, सञ्चारमन्त्री पेजी गुप्तँ लगयात सहभागी छन् । प्रधानमन्त्री भट्टराईको टोलीका लागि भारतीय सरकारले दिल्लीको होटल लिलामा बस्ने व्यवस्था मिलाएको छ ।

भ्रमणका क्रममा नेपाल र भारतबीच तीनवटा सहमति पत्रमा हस्ताक्षर हुने बाइएको छ । यस्तै प्रधानमन्त्रीले भारत सरकारसँग काठमाडौँ र तराई जोड्ने द्रुत गतिको सडक निर्माणका लागि ७८ अर्ब रुपैयाँ ऋण सहायता माग्ने तयारी गर्नुभएको छ ।

प्रधानमन्त्री भट्टराईले भोलि शुक्रबारबाट औपचारिक भेटघाट थाल्नुहुनेछ । परराष्ट्र स्रोतका अनुसार भोलि उहाँले भारतीय राष्ट्रपति प्रतिभादेवी पाटिल, पराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री मनमोहन सिंहसँग भेटघाट गर्ने कार्यक्रम छ । भेटलगत्तै प्रधानमन्त्री सिंहले हैदरावाद भवनमा भट्टराईसहितको टोलीका लागि दिवा भोज आयोजना गर्नु हुनेछ । भारत बसाईका क्रममा प्रधानमन्त्री भट्टराईले सत्तारुढ भारतीय कांग्रेस आइकी अध्यक्ष सोनियाँ गान्धी, अर्थमन्त्री प्रणव मुखर्जी, विदेशमन्त्री एमएस कृष्णा, रक्षामन्त्री एके यन्थोनी, भारतीय जनता पार्टीका अध्यक्ष नितिन् गडकरी, विपक्षी दल भारतीय जनता पार्टी अध्यक्ष सुष्मा स्वराज, जनता दल युनाइटेडका अध्यक्ष शरद यादव लगायतका नेताहरुसँग पनि भेटघाट गर्नुहुनेछ । प्रधानमन्त्री भट्टराई आगामी कात्तिक ६ गते आइतबार स्वदेश र्फकन कार्यक्रम छ ।


Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks
Namastesansarnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute