बैद्य पक्षका लडाकु स्वेच्छिक अवकाश लिएर राजनीतिमा जाने

‘वनपालेको जागिर खान्नौं’ भन्दै शिविरबाहिर निस्केर समायोजनको विरोध गरिरहेका माओवादी बैद्य पक्षका लडाकुले स्वेच्छिक अवकाश लिएर राजनीतिमा जाने तयारी थालेका छन् ।बैद्य पक्षमा रहेका लडाकुहरु शिविरबाहिर निस्केर सातबुँदे सम्झौतालाई ‘धोका हो’ भन्दै समायोजनमा नजाने बताउन थालेका छन् । शुक्रबार सुर्खेतमा छैठौं डिभिजन र शनिवार इटहरीमा पहिलो डिभिजनका असन्तुष्ट लडाकु कमाण्डरहरुले पत्रकार सम्मेलन गरी समायोजन विधिको विरोध गरेका छन् । आगामी २७ गते बस्ने केन्द्रीय समिति बैठकमार्फत सातबुँदेलाई सच्याउन दबाब दिने तर त्यसो नभए आफ्नो पक्षमा रहेका लडाकूहरुलाई ...


स्वेच्छिक अवकास लिएर राजनीतिमा ल्याउने रणनीति बनाएको छ ।बैद्य पक्षीय पोलिटब्युरो सदस्य धम्रेन्द्र बास्तोलाले केन्द्रीय समितिले सातबुँदे सहमति परिमार्जन तथा खारेज नगरे आफ्ना पक्षमा रहेका लडाकुहरुलाई स्वेच्छिक अवकाश लिन आहृवान गर्ने बताउनुभयो । ‘विरोध गरिसकेपछि समायोजनमा जाने भन्ने त कुरै भएन’ उहाँले अनलाइनखबरसँग भन्नुभयो-’निर्णय सच्चिएन भने स्वेच्छिक अवकाशमा जाने उहाँहरुको इच्छा देखिन्छ, हामी पनि त्यही भन्छौं ।’ अवकाश लिँदा नगद पैसा पनि पाइने र राजनीतिमा लाग्न पनि पाइने भएकाले त्यसलाई नै उत्तम विकल्प ठानेको बैद्य पक्षका नेताहरुले बताएका छन् । असन्तुष्ट लडाकूहरुसँग छलफल भइरहेको भन्दै बैद्य पक्षका अर्का पोलिटव्युरो सदस्य हरिभक्त कँडेलेले छिट्टै औपचारिक छलफल हुने बताउनुभयो । 

‘अहिले साथीहरुसँग टेलिफोनमा कुराकानी भइरहेको छ’ उहाँले भन्नुभयो-’छिट्टै औपचारिक छलफल पनि हुनसक्छ ।’ आफ्नो पक्षका लडाकुलाई स्वेच्छिक अवकाश, पुनस्र्थापना वा समायोजन कुनमा पठाउने वा सबै प्रक्रियालाई अस्वीकार गर्ने भन्ने विषयमा बैद्य समूहका नेताहरुबीच नै मतभेद रहेको छ । बैद्य पक्षकै नेता खड्गबहादुर विश्वकर्माले यो प्रकृयाप्रति नै असहमति रहेकाले स्वेच्छिक अवकाश पनि नलिने र तत्कालै लडाकुलाई शिविर बाहिर ल्याउने बताउनुभयो ।

सातबुँदेको विरोधमा उभिएका चितवनस्थित तेश्रो डिभिजनका सहायक कमाण्डर उदयबहादुर चलाउने ‘दिपक’ले भने आफूहरु अहिले सातबुँदे ठीक कि बेठीक भन्नेबारे अध्ययनकै क्रममा रहेको भन्दै समय आएपछि निर्णय गर्ने बताउनुभयो । ‘अहिले हामीले सातबुँदे सहमति बेठीक छ भनेका छौं’ उहाँले भन्नुभयो, ‘केन्द्रीय समितिको बैठकले निर्णय गर्ला नि ।’ बहुमतले सातुबँदे पारित गरे के गर्नुहुन्छ भन्ने प्रश्नमा सहायक कमाण्डर चलाउनेले बहुमतको निर्णय मान्ने भन्दै स्वेच्छिक अवकाशमा जाने सम्भावना औँल्याउनु भयो ।

पालुङटार बैठकमा बैद्यको पक्षमा खुलेर बोलेका सबै शिविरका लडाकुहरुले तत्काल कार्यनीति तय गर्न सो पक्षका नेताहरुलाई दबाब दिइरहेका छन् । तर,बैद्य पक्षले भने कुन विकल्प अपनाउने भन्ने विषयमा ठोस निर्णय गर्न सकेको छैन् । बहुसंख्यक नेताहरुले स्वेच्छिक अवकाश फाइदाजनक भएकाले त्यसमै जानुपर्ने बताएका छन भने कतिपयले प्रक्रिया नै अस्वीकार गर्दा अवकाशमा जानु नैतिकरुपले नमिल्ने भएकाले तत्काल शिविरबाहिर निस्कनुपर्नेमा जोड दिएका छन् ।

सातबुँदे सम्झौताअनुसार समायोजनमा जाँदा जनयुद्धमा लडेका योग्य लडाकुहरु समायोजनमा नपर्ने भएकाले धेरै कमाण्डरहरु असन्तुष्ट भएको बैद्य पक्षका लडाकूको दाबी छ । उमेर, शिक्षा र जनसेनामा काम गरेको अवधिलगायतका सर्त र बन्देजका कारण खास लडाकु समायोजनमा जान नसक्ने अवजस्था अन्य दलहरुले बनाएको र आफ्नो नेतृत्व ती कुरालाई ख्याल नगरी फसेको उनीहरुको दाबी छ । यही मापदण्डअनुसार समायोजनमा जाने हो भने ३ हजार लडाकुपनि समायोजनमा जान नसक्ने उनीहरुको दाबी छ । स्रोत: अनलाइन 


Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks
Namastesansarnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute