प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आज मन्त्रिपरिषद बिघटन गर्दै

प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आज मन्त्रिपरिषद बिघटन गर्दै छन् । बुधवार भएको सहमतिलाई आज दिउँसो बस्ने मुख्य दलको बैठकले लिखित रुप दिएपछि प्रधानमन्त्रीको मन्त्रिपरिषद विघटन गरेर सहमतिको सरकारका लागि कांग्रेस एमालेलाई आग्रह गर्ने तयारी छ ।अहिलेको मन्त्रिपरिषद विघटन गरेर भट्टराई नेतृत्वको सरकारलाई सहमतिको रुप दिने दलहरुबीच बुधवार बेलुका सहमति भएको थियो । सहमतिलाई लिखित रुप दिनका लागि माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठक दिउँसो एक बजे बस्दैछ ।नयाँ बानेश्वरमा रहेको सेना समायोजन विशेष समितिको सचिवालयमा बस्ने बैठकले सहमतिको...


सरकार र संविधान लेखनका क्रममा देखिएका विवादित विषय समाधान गर्ने विषयमा लिखित सहमति गर्नेछ ।यसैबीच दलहरुबीच भएको सहमतिको जानकारी गराउन प्रधानमन्त्री भट्टराईले बिहीबार मन्त्रिपरिषद बैठक बोलाएका छन् । केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले सहयोगका लागि सबै मन्त्रीलाई धन्यवाद दिने र सहमतिको जानकारी गराउने कार्यक्रम रहेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
यसैबीच प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा प्रमुख दलहरू सम्मिलित राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भए पनि फेरि अन्यौल सिर्जना भएको छ ।
मधेसी मोर्चाका घटकहरुले अहिलेकै सरकारमा कांग्रेस र एमालेका नेताहरु पनि सहभागी हुने अभिव्यक्ति दिएपछि अन्यौल सिर्जना भएको छ । सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले वर्तमान मन्त्रिपरिषद् विघटन नहुने अभिव्यक्ति दिएपछि अन्यौल भएको हो ।

एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरूबीच बुधबार साँझ भएको समझदारीअनुसार भट्टराईले मन्त्रिमण्डल विघटन गरी प्रमुख दलहरूलाई ‘सहमतिको सरकारमा सहभागी हुन’आह्वान गर्ने बताइएको थियो ।

सत्ता साझेदार एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बुधवार भएको सहमतिको गलत प्रचार भएको भन्दै आपत्ति जनाएका छन् । वर्तमान मन्त्रिपरिषदको विघटन नभएर सरकारमा कांग्रेस एमालेको सहभागिताको कुरालाई सञ्चारमाध्यमले विघटन गर्ने हिसाबले प्रचार गरिएको भन्दै बैठकले आपत्ति जनाएको माओवादी सचिव पोष्टबहादुर बोगटीले बताए ।


Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks
Namastesansarnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute